१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

साउन ६ गते बस्ने संसद बैठकमा अविश्वासको प्रस्तावमाथि छलफल हुने

काठमाडौँ-  संसद बैठक साउन ६ गते सम्मका लागि स्थगित भएको छ। आज बोलाइएको संसद बैठकमा बजेटसम्बन्धि विधेयक पारित गर्ने बारेमा दलहरुबीच सहमति नहुँदा व्यवस्थापिका–संसद्को बैठक स्थगित भएको हो।

संसद बैठक साउन ६ गते ११ बजे बस्ने छ।यो स्थगित पछि बस्ने संसदमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले सरकार विरुद्ध पेस गरेको अविश्वासको प्रस्तावमा छलफल हुने छ।

व्यवस्थापिका संसदले जारी गरेको सूचनामा अविश्वसको प्रस्तावमाथि छलफल हुने उल्लेख गरिएको छ। २८१ सांसदले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन्। माओवदीले मंगलबार सरकारबाट समर्थन फिर्ता लिएको थियो।

प्रकाशित: ३१ असार २०७३ १०:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App