१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

शासक होइन, सेवक चुनिन्छन्ः मन्त्री शर्मा

रुकुम– उर्जा मन्त्री जर्नादन शर्माले स्थानीय निकायको चुनावपछि शाषक नभई सेवक चुनिने बताएका छन्। मंगलबार जिल्ला सदरमुकाम मुसिकोट खलंगामा मुसिकोट नगरपालिकाको उम्मेदवारी घोषणा गर्दै उनले यस्तो बताएका हुन्।

पहिला शासक थिए, अब स्थानीय निकायको चुनावपछि सेवक चुनिने उनले दाबी गरे। जनताले आफ्ना सेवक छान्न पार्टी भन्दा व्यक्ति छान्नु पर्ने उनको भनाइ छ। ‘नीति र योजनासहित जो उम्मेदवार छ’ मन्त्री शर्माले भने, ‘त्यसैलाई भोट खसाल्नुस्। मान्छे जिताउने होइन। हजारौं बेरोजगार युवाहरुलाई रोजगारी दिनेलाई हुनु पर्छ।’ अबको स्थानीय तहको चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने उनको दाबी।

एक अर्काे प्रसंगमा नेकपा माओवादी केन्द्रका नेता समेत रहेको उनले अबको समाज भ्रष्टाचार मुक्त हुने दाबी गरे। भ्रष्टाचार मुक्त समाज हुँदा समृद्ध नेपाल हुने उनको तर्क छ।

प्रकाशित: १२ वैशाख २०७४ १३:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App