१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

नाम्लो र शिवको लन्डनमा विशेष प्रस्तुति

लन्डन- नेपाली म्युजिकलाई अन्तर्राष्ट्रिय समुदायसम्म पुर्‍याउन सफल नाम्लो ब्याण्डले लन्डनमा विशेष सांगीतिक कार्यक्रमको प्रस्तुति दियो। नाम्लो ब्याण्डले नेपाली लोक संस्कृति झल्कने गीत संगीतलाई पश्चिमा बाद्यबाधन र शैलीसँग फ्यूजन गरी अन्तर्राष्ट्रिय समुदायमा पुर्‍याउने गर्दछ। बीबीसी विश्व सेवामार्फत् अन्तर्राष्ट्रियस्तरमा प्रस्तुति दिन सफल नाम्लोले आइतवार बेलायतमा बसोबास गर्ने नेपाली समुदायमाँझ सांगीतिक कार्यक्रम प्रस्तुति दिएको हो।

छोटो समयमा अन्तर्राष्ट्रिय समुदायमा छुट्टै पहिचान बनाउन सफल गायक तथा संगीतकार गंगा थापाको समूहको प्रस्तुतिलाई दर्शकले छुट्टै स्वादमा मनोरञ्जन लिए।

गायक थापाले आँधि खोला, माउण्टेन ग्रुप, हुन्न, घिन्ताङ, देउडा कउडा, तामाङसेलो लगायत आफ्ना चर्चित गीत दर्शक समक्ष प्रस्तुत गरे।

सन् २०१० देखि औपाचारिक रुपमा सुरु भएको नाम्लो ब्याण्ड सदस्यमा युरोपियन र अफ्रिकन कलाकार समेत छन्। उनलाई रमिन हिमेङ (डलब वेस), आरोन (क्यारेलेन्ट), ड्यारिम रिचड (अफ्रिकन प्रर्मसन), सन्त पवन थापा (प्रकसन) विश्व शाही (गितार), श्रया राय (भोकल) ले साथ दिएका थिए।

एक्सप्रेस स्टुडियो लन्डन र नेपाली टिभी यूकेले नेपाली नयाँ वर्ष २०७४ को अवसर आयोजित सो कार्यक्रममा नेपाली आधुनिक संगीत अर्का चर्चित गायक शिव परियारले समेत आफ्नो प्रस्तुती दिए।

पछिल्लो पुस्ताले रुचाएका परियारले आफ्ना कर्णप्रिय गीत क्या दामी भो, पिलायो साथीले अतिरिक्त संगी डुब्दै छु तिम्रो यादमा, अलिकति नजर तिम्रो, नभेटी नभेटी, पागल बनायौ प्रिय लगायतका करिब एक दर्जन बढी  गीत गाएका थिए।

यसअघि फोटोग्राफी, भिडियोग्राफी र संगीत कक्षा, इभेन्ट म्यानेजमेन्ट उद्देश्यले खोलिएको एक्सप्रेस स्टुडियोको औपाचारिक उद्घाटन बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत सुवेदीले आफूले कूटनीतिक उत्तरदायित्वका अतिरिक्त समाजमा एकता सहिष्णुता, सभ्यताको अभिबृद्धि गर्ने दिशामा पनि काम गरिरहेको बताए।

उनले बेलायतका नेपाली समाजले नेपाली काल संस्कृति, भाषा साहित्य, नेपाली संस्कार, परम्परालाई नयाँ पुस्ताले नबिर्सिउन भनेर काम गरिहेकामा प्रशन्नता प्रकट गरे। उनले नेपाली समाजलाई समृद्ध, सुशिक्षित, सुविचारित बनाउने लाग्नु पर्नेमा जोड दिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ यूकेका पूर्वअध्यक्ष चिरन शर्मा, वीरेन्द्र श्रेष्ठ, दिनेश परियार, जघन कार्कीलगायतले एक्सप्रेस स्टुडियोको प्रोडक्सन र अनुभवका बारेमा बोलेका थिए।

प्रकाशित: १२ वैशाख २०७४ १०:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App