१५ वैशाख २०८१ शनिबार
image/svg+xml
फोटो फिचर

फोटोमा हेर्नुस् नेपाल रिपब्लिक मिडियाको ८औं वार्षिकोत्सव

काठमाडौं- नेपाल रिपब्लिक मिडिया सोमबारबाट आठ वर्ष पूरा गरी नवौं वर्ष प्रवेश गरेको अवसर पारेर नेपाली समाजका लागि उत्कृष्ट योगदान पुर्‍याउने तीन व्यक्तित्वलाई 'नागरिक नायक'बाट सम्मानित गरेको छ।

राजधानीको सोल्टी होटलमा आयोजित विशेष कार्यक्रममा नागरिक नायक धुर्मुस-सुन्तली, पाँच दशकदेखि खुम्बुको बाटो बनाउन क्रियाशील पासाङ शेर्पा एवं कठोर संघर्षकाबीच १९ सफल सरकारी सञ्चालन गरेर उदाहरणीय बनेकी फूलकुमारीलाई सम्मानित गरेको हो।

मुलुकका विभिन्न क्षेत्रमा रहेर योगदान पुर्‍याउने अन्य ९ जनालाई नागरिक नायक घोषित गरिएको छ। काठमाडौंका उत्तम सञ्जेल, पर्साका विश्वनाथ साह, कैलालीका कालु हमाल, बाँकेका चन्द्रनाथ योगी र मौलाना अब्दुल जब्बार मञ्जरी, सुनसरीकी सरला कायस्थ, कास्कीका सानबाबु सुनुवारलाई नागरिक नायक घोषित गरिएको हो।

हेर्नुस् कार्यक्रमको फोटो फिचर

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App