'मेसी अपराधी होइनन्'

शुक्रबार, ३१ असार २०७३, ११ : ४५ नागरिक

मड्रिड- स्पेनिस लिगका अध्यक्ष जाभियर टेबाजले लियोनल मेसी अपराधी नभएको जनाउँदै बार्सिलोनाका स्टार ला लिगामै रहने खबरले आफू खुसी भएको बताएका छन्। 'मेरो विचारमा मेसी अपराधी होइनन्। उनी ला लिगामै रहने खबर हामी सबैका लागि सुखद हो। यो खबरले मलाई खुसी दिलाएको छ,' टेबाजले भने।

कर छलेको आरोपमा बार्सिलोना अदालतले मेसीलाई २१ महिना जेल सजाय सुनाएको थियो। अदालतको त्यो निर्णयविरुद्ध मेसीले अपिल गर्ने पनि टेबाजले बताए। बार्सिलोनाले सामाजिक सञ्जालमार्फत मेसीको समर्थनमा अभियान चलाएको दुई दिनपछि टेबाजले यस्तो प्रतिक्रिया दिएका हुन्।

'हामी अहिले एउटा यस्तो विवादमा अल्भि्कइरहेका छौं, जहाँ एफसी बार्सिलोना र मेसीले करसम्बन्धी अपराध गरेको अभियोग झेलिरहेका छन्। तर वास्तविकता त्यस्तो होइन,' बार्सिलोनाका प्रवक्ता जोसेप भाइभ्सले सोमबार भनेका थिए, 'अन्यायपूर्ण व्यवहारको सिकार भइरहेका परिवारका एकजना सदस्यको पक्षमा बार्सिलोना क्लब उभिएको मात्र हो। मेसी र बार्सिलोनाले कुनै अपराध गरेको छैन। त्यसैले हामी उनको पक्षमा छौं।'

बार्सिलोनाले दुवै हात उठाएको मेसीको फोटोसँगै हामी सबै लियोनल मेसीसँग छौं भन्दै टि्वट गरेपछि बार्सिलोनाका लाखौं समर्थकले विश्व फुटबलका सबैभन्दा प्रतिभावान फुटबलरको समर्थनमा सामाजिक सञ्जाल रंगाएका थिए। बार्सिलोनाले आफ्नो भावना थप प्रस्ट पार्ने क्रममा 'हामी सब मेसी हौं, हामी उनलाई कठिन अवस्थामा उनी एक्लो छैनन् भन्ने सन्देश दिन चाहन्छौं। सबै सदस्य, क्लबका समर्थक, खेलाडी, सञ्चारमाध्यम र खेलप्रेमीलाई यो अभियानमा साथ दिन हामी आह्वान गर्दछौं,' भनेको थियो।

मेसी र उनका पितालाई कर छलेको आरोपमा अदालतले जेल सजाय सुनाए पनि स्पेनको नियमअनुसार उनीहरूले जेलमै बस्नुपर्दैन। हिंसात्मक बाहेकका अपराधमा पहिलोपटक दोषी ठहर भएर दुई वर्षभन्दा मुनिको जेल सजाय सुनाइँदा स्पेनमा जेल बस्नु नपर्ने व्यवस्था छ। चार दिनसम्म चलेको सुनुवाइपछि अदालतले पाँचपटकका फिफा विश्व वर्ष खेलाडी भइसकेका २९ वर्षे मेसीलाई २० लाख ९० हजार तथा उनका पितालाई १६ लाख युरो जरिवाना गर्ने निर्णय सुनाएको थियो।






यसमा तपाईको मत

अन्य समाचार

नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टसले संयुक्त रुपमा आयोजना गर्दै आएको नेपाल उड इन्टरनेसनल एक्सपो तथा...

पोखरामा सिभिल बैंकको गण्डकी प्रदेश कार्यालय तथा शाखा

पोखरामा सिभिल बैंकको गण्डकी प्रदेश कार्यालय तथा शाखा

सिभिल बैंक लिमिटेडले आफ्नो गण्डकी प्रदेश कार्यालय तथा शिवचोक शाखा पोखरा महानगरपालिकाको शिवचोक–१० मा स्थापना गरेको छ । ...

वैदेशिक रोजगारको अनलाइन भुक्तानी सम्झौता

वैदेशिक रोजगारको अनलाइन भुक्तानी सम्झौता

वैदेशिक रोजगार विभाग र नेपाल क्लियरिङ हाउस (एनसिएचएल) बीच एनसिएचएलको कनेक्ट आइपिएस इ–पेमेन्ट प्रणालीमार्फत वैदेशिक रोजगार विभागकोे अनलाइन भुक्तानी संकलनका...

एपोलो टायरको ध्यान नेपालमा

एपोलो टायरको ध्यान नेपालमा

एपोलो टायरले नेपालमा आफ्नो कार्यालय स्थापना गरेको छ । ...

एन आई सि एसियाको कार्डबाट खरिद गर्दा सामसङको मोबाइलमा विशेष छुट

एन आई सि एसियाको कार्डबाट खरिद गर्दा सामसङको मोबाइलमा विशेष छुट

सामसङले  ग्यालेक्सी S10/S10 + तथा सामसङ ग्यालेक्सी Note10/ Note 10+ मा विशेष छुटको अफर ल्याएको छ । ...

गेमिंग ल्यापटप खरिद गाइड

गेमिंग ल्यापटप खरिद गाइड

२०२० मा कस्तो गेमिंग ल्यापटप किन्ने ? ...

एल.जी. ब्राण्डको प्रिमियम ब्राण्ड शप अब विराटनगरमा

एल.जी. ब्राण्डको प्रिमियम ब्राण्ड शप अब विराटनगरमा

सि.जी. इलेक्ट्रोनिक्स को १८ औं शोरुम तथा एल.जी को ८औं नयाँ प्रिमियम ब्राण्ड शप विराटनगरमा संचालनमा आएको छ । ...

राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सव सम्पन्न भएको छ । ...

Ncell Footer Ad