१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमालेबाट अर्घाखाँचीमा को को उम्मेदवार छन् ?

अर्घाखाँची- जिल्लाका नगरपालिका तथा गाउँपालिकामा एमालेका तर्फबाट स्थानीय तहमा प्रतिस्पर्धा गर्ने उम्मेद्वारहरुको टुंगो लागेको  छ। जिल्लाबाट सिफारिस भएका नामहरु मध्येबाट पाँच नम्वर प्रदेश कमिटीले उम्मेद्वारहरु छनोट गरेको हो। सन्धिखर्क नगरपालिकाको मेयरमा कृष्ण श्रेष्ठ, उपमेयरमा इश्वरा पोख्रेल वा शम्भु पोख्रेल, सितगंगा नगरपालिकाको मेयरमा बसन्त श्रेष्ठ उपमेयरमा गिता भाट,  भुमिकास्थान नगरपालिकाको मेयरमा पिताम्वर भुसाल उपमेयरमा सुनिता बेल्वासे वा जाल्पा भुसाल छनोट भएका छन्।

यस्तै पाणिनि गाउँपालिकाको प्रमुखमा  जीवनारायण कोइराला, उपप्रमुखमा लक्ष्मी गौतम वा जीवलाल घिमिरे, छत्रदेव गाउँपालिका प्रमुखमा ऋषिराम अधिकारी उपप्रमुखमा मनिशर्मा पन्थी वा भविश्वर पाण्डे मालारानी गाउँपालिकाको प्रमुखमा बालकृष्ण आचार्य र उपप्रमुखमा प्रमिला क्षेत्री उम्मेदवार छनोट भएको एमाले जिल्ला अध्यक्ष चेतनारायण आचार्यले जानकारी दिए । उपमेयर वा उपप्रमुखमा अन्य पार्टीसँग तालमेल भएमा हेरफेर गर्ने गरि दुइवटा नामहरु छनोट गरिएको बुझिएको छ।

 एमाले जिल्ला कमिटीले  वडा अध्यक्ष र सदस्यहरुको पनि टुङ्गो लगाइसकेको छ । सबै पदमा टुङ्गो लगाएपछि एमालेका उम्मेद्वारहरु चुनावी प्रचारका लागि गाउँ छिरिसकेका छन । राष्ट्रिय जनमोर्चा पनि सबै पदका उम्मेद्वारको टुङ्गो लगाएर चुनावी कार्यक्रममा लागेको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रले सबै ठाउँमा उम्मेद्वारको तय गरिसकेका छैनन्।

प्रकाशित: १० वैशाख २०७४ १०:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App