१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

माछा मार्न जाँदा मकवानपुरमा दुईको मृत्यु

हेटौँडा- मकवानपुरको मनहरी गाँउपालिका–८ स्थित राप्ती खोलामा माछा मार्न गएका दुई युवाको डुबेर मृत्यु भएको छ । 

मृत्यु हुनेमा मनहरी–७, रमनटारका सीताराम विक र तुलाबहादुर पाख्रिन रहेको प्रहरीले बताएको छ । माछा मार्ने क्रममा शनिबार उनीहरुको डुबेर मृत्यु भएको थियो । शव निकाल्न साढे तीन घन्टा लागेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय, मनहरीको टोली र स्थानीयवासी शव निकाल्ने प्रयासमा जुटेका थिए। 

दहमा एक्साभेटर प्रयोग गरी स्थानीयवासीले खोजतलास गर्दा दुवैजनाको शव भेटिएको थियोे । शव परीक्षणका लागि हेटौँडा अस्पतालमा लगेको प्रहरीले जानकारी दिएको छ । 

मनहरी-राप्ती खोलाको गहिरो दहमा माछा मार्न जाल हानेका विकले जाल तान्न नसकेपछि सँगै गएका पाख्रिनले सहयोग गर्ने क्रममा दुवैजना दहमा डुबेको पाखामा बसेका उनीहरुका साथी कृष्णबहादुर विकले बताए । रासस 

प्रकाशित: १० वैशाख २०७४ ०३:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App