१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अवैध पेस्तोल र म्याग्जिनसहित दुई पक्राउ

सुनसरी– इटहरीमा पेस्तोल र म्याग्जिनसहित दुई जना पक्राउ परेका छन् ।

इटहरी उपमहानगरपालिका–१७ कान्छीचोकस्थित पूर्व–पश्चिम लोकमार्गमा चेकजाँच गर्ने क्रममा को.२८ प ५७७० नम्बरको मोटरसाइकलमा सबार इटहरी–६ बस्ने २५ वर्षीय अमितकुमार सिंहको साथबाट पेस्तोेल १ थान र ३ राउन्ड गोली लोड भएको म्याग्जिन १ थान बरामत भएको हो ।

मोटरसाइकल चालक मोरङ, सुन्दरदुलारी नगरपालिका–६ बस्ने ३३ वर्षीय प्रेमकुमार राईको साथबाट खाली म्याग्जिन १ थान समेत बरामद गरी दुबैजनालाई शनिबार प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: ९ वैशाख २०७४ १२:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App