१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

तालमेलबारे एकदुई दिनभित्रै टुङ्गो लाग्छः रायमाझी

अर्घाखाँची– नेकपा माओवादी केन्द्र संददीय दलका उपनेता टोपबहादुर रायमाझीले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी जुनसुकै पार्टीसँग पनि तालमेल गरेर अघि बढ्न तयार रहेको बताएका छन्।

उनले कुन पार्टीसँग तालमेल गर्ने भन्ने विषयमा एक दुई दिन भित्रै सबै टुङ्गो लाग्ने बताए। ‘तालमेलको विषयमा विभिन्न पार्टीसँग छलफल भइरहेको छ,’ उनले भने, ‘कुनै पनि पार्टीसँग सहमति जुट्न सकेको छैन।’

तालमेल हुने स्थिति नरहे माओवादी केन्द्र एक्लै चुनाव लड्न पनि तयार रहेको बताए। नेकपा माओवादी केन्द्र सन्धिखर्क नगरपालिकाले गरेको चुनावी सभालाई सम्वोधन गर्दै जिल्लाको विकासका लागि सबै पार्टी आवश्यक रहने भन्दै सबै पार्टी मिलेर पनि चुनावमा जान सकिने औंल्याए ।

उनले माओवादी केन्द्रको नेतृत्वमा रहेको सरकारले चुनाव गराएरै छाड्ने ठोकुवा गरे। उनले माओवादीको बलमा मुलुकमा गणतन्त्र स्थापना हुँदै संविधान बनेको भन्दै माओवादीले नै संविधान कार्यान्वयन गरेर देखाउने बताए । उनले परिवर्तनलाई संस्थागत गर्न पनि अबको निर्वाचनमा माओवादीको जित आवश्यक रहेको टिप्पणी गरे। उनले माओवादीले वृद्धभत्तालाई बढाएर पाँच हजार पु¥याउने प्रतिवद्धता समेत व्यक्त गरे। नेता रायमाझीले मुलक आर्थिक क्रान्तिको चरणमा प्रवेश गरेको भन्दै कृषि पर्यटन जलविद्युत् र उद्योगबाट मुलुकलाई समृद्ध बनाउँदै लैजाने बताए।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक तथा पोलिटव्युरो सदस्य ठाकुर कुमार विक, सन्धिखर्क नगर कमिटीका  अध्यक्ष केवि भुसाल, उपाध्यक्ष कृष्ण हरि भुसाल सचिव राधा नेपालीले मन्तव्य राखेका थिए।

प्रकाशित: ९ वैशाख २०७४ १०:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App