१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस सांसद खबरै नगरी विदेश

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका संसद्मा दर्ता सरकारविरुद्धको अविश्वास प्रस्ताव सामना गर्ने बताइरहेका बेला नेपाली कांग्रेसका सांसद भने भटाभट विदेश भ्रमणमा निस्केका छन्। नेकपा माओवादी केन्द्रको प्रस्ताव र कांग्रेसको समर्थनमा बुधबार प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको भोलिपल्ट कांग्रेस सांसद विदेशतिर लागेका हुन्।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका सांसद धनराज गुरुङ, राजा थापासहितको टोली बिहीबार साँझ मकाउ र हङकङ भ्रमणमा निस्केका छन्। जनसम्पर्क समिति हङकङ र मकाउको कार्यक्रममा सहभागी हुन गएका उनीहरू साउन ४ गते स्वदेश फर्कने बताइए पनि पार्टीलाई कुनै जानकारी नगराएको स्रोतको दाबी छ।

कांग्रेस संसदीय दलका सचिव धु्रव वाग्लेले पार्टी जनसम्पर्क समितिको कार्यक्रममा सहभागी हुन सांसद विदेश गएको जानकारी दिए। 'केही नेता विदेश गएको सुनेको छ,,' उनले नागरिकसँग भने, 'भोलि (शुक्रबार) बिहानैदेखि उहाँहरूसँग सम्पर्कमा लाग्नेछु।'

साउन ४ गते नै स्वदेश फर्कने तालिका भए पनि कहिलेकाहीँ प्राविधिक समस्या आउने औंल्याउँदै वाग्लेले भने, 'को–को जानुभएको छ, छिटो गरी फर्कन भन्नेछौं।'

पार्टी केन्द्रीय सदस्य प्रकाशशरण महत, दीपक खड्का पनि मकाउ र हङकङ जाने कार्यक्रम थियो। महतले कार्यक्रम स्थगित गरेका छन्। खड्काले प्रमुख सचेतकलाई नजाने जानकारी गराए पनि गएको आफूलाई थाहा नभएको वाग्लेले बताए।

यति बेला कांग्रेसका दश सांसद चीन भ्रमणमा छन्। रामचन्› पोखरेल, तप्त विष्ट, रेशम बानियाँ, देवानसिंह विष्ट, रश्मि ठाकुर, अनिता देवकोटा, सुरेन्› आचार्य, शारदा पौडेल सोमबार त्यसतर्फ लागेका हुन्।   

प्रकाशित: ३१ असार २०७३ ०१:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App