१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

यु-१६ मा कठिन समूह

काठमाडौ- एसियाली फुटबल महासंघ (एएफसी) ले एसियन च्याम्पियनसिपअन्तर्गत शुक्रबार विभिन्न तीन उमेर समूहका छनोट खेल तालिका सार्वजनिक गरेको छ। एएफसीले एएफसी यु–१६, यु–१९ र यु–२३ टोलीको खेल तालिका घोषणा गर्दा १६ वर्ष मुनिमा नेपाल कठिन समूहमा परेको छ। घरमै हुने यु–१६ एएफसी च्याम्पियनसिप छनोटमा नेपालले समूह ‘डी' मा भारत, इराक र प्यालेस्टाइनसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ।

प्रतियोगिता सेप्टेम्बर १६ देखी २४ सम्म एन्फा कम्प्लेक्समा हुने अखिल नेपाल फुटबल संघ एन्फा)ले बताएको छ। प्रतियोगिताको अन्तिम चरणमा विभिन्न १० समूहका विजेतासँगै उत्कृष्ट ५ उपविजेता र स्वत छनोट हुने आयोजकले प्रतिस्पर्धा गर्नेछन्।

यसैगरी सन् २०१८ मा हुने एएफसी यु–१९ को समूह ‘ए' मा नेपालले किर्गिस्तान, बहराइन, संयुक्त अरब इमिरेट्स (युएई) र ओमानसँग प्रतिस्पर्धा गर्नेछ। १९ वर्षमुनिको छनोटमा समूह ‘ए' का खेल अक्टोवर ३१ देखी नोभेम्बर ८ सम्म किर्गिस्तानले आयोजना गर्नेछ। एएफसीका ४३ सदस्य राष्ट्रले प्रतिस्पर्धा गर्ने यु–१९ को छनोटमा पनि १० समूहका विजेता र उत्कृष्ट  ५ उपविजेतासँगै आयोजकले प्रतिस्पर्धा गर्नेछन्।

एएफसीले शुक्रबारै सार्वजनिक गरेको यु–२३ तालिकाको समूह ‘डी' मा नेपालले युएई, उज्वेकिस्तान र लेबनानसँग खेल्नेछ। नेपालको समूहको छनोट खेलहरु युएईमा जुलाई १९ देखि २३ सम्म हुनेछन्। २३ वर्षमुनिको छनोट नेपालले पहिलो दिन जुलाई १९ मा आयोजक युएईसँग खेल्नेछ भने त्यसको दुई दिनपछि उज्वेकिस्तान र अन्तिम दिन जुलाई २३ मा लेबनानसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: ९ वैशाख २०७४ ०३:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App