१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

संघीय नेपालमा यस्तो हुनेछ स्वास्थ्य सेवा (स्केचसहित)

काठमाडौं— गाउँसम्मै गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन स्वास्थ्य मन्त्रालयले महत्वकांक्षी एकीकृत स्वास्थ्य पूर्वाधार विकास परियोजनाको कार्यान्वयन सुरु गरेको छ। मुलुक संघीय संरचनामा जाने निश्चित भएसँगै गाउँमै गुणस्तरीय स्वास्थ्य पुर्‍याएर जनताको स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्न स्वास्थ्यले कार्यक्रम अघि बढाएको हो।

स्वास्थ्यमन्त्री गगन थापा परियोजनाले भौतिक पूर्वाधार, चिकित्सक र जनशक्ति उत्पादन, उपकरण र सेवासँग जोडिएका विषयलाई एकीकृत रुपमा सम्बोधन गर्ने बताउँछन्।

स्वास्थ्यमन्त्री गगन थापा परियोजनाले भौतिक पूर्वाधार, चिकित्सक र जनशक्ति उत्पादन, उपकरण र सेवासँग जोडिएका विषयलाई एकीकृत रुपमा सम्बोधन गर्ने बताउँछन्।

प्रस्तावित योजनाअनुसार वडा तहमा हेल्थ पोष्ट, गाउँपालिका जनसंख्याका अनुपातमा प्राथमिक अस्पताल (क, ख र ग) र नगरपालिकाहरुमा प्राथमिक अस्पताल (क) निर्माण हुनेछन्।

तीबाहेक उपमहानगरपालिका एवं प्रदेशरुमा भने विशेषज्ञ (ट्रसरी अस्पताल)सहित कम्तिमा एक प्रदेशमा एउटा सरकारी मेडिकल कलेज र आवश्यकता हेरी मुटु, क्यान्सर, मिर्गौलालगायतका प्रमुख रोगका विशेषज्ञ अस्पतालसमेत बनाउने योजना मन्त्रालयले अघि सारेको छ।

स्वास्थ्य सेवामा हाल २ हजार ३८ चिकित्सकसहित कुल ३५ हजार १ सय ७१ जनाको दरबन्दी छ। यो परियोजना पूरा हुँदा यो संख्या ६१ हजार ६०० सय पुग्नेछ। यस हिसाबले सात वर्षमा थप ३० हजार नर्स, २२ हजार स्वास्थ्यकर्मी, २ हजार ८ सय एमबिबिएस चिकित्सक र ३ हजार ३ सय विशेषज्ञ चिकित्सक आवश्यक पर्ने प्रक्षेपण गरिएको छ।

वडादेखि केन्द्रसम्म यस्तो बन्नेछन् अस्पताल

वडा तहमा बन्नेछ हेल्थपोष्ट

हेल्थपोष्टमा उपलब्ध हुने सेवाहरु

 आधारभूत स्वास्थ्य सेवा
सामुदायिक स्वास्थ्य सेवा
स्वास्थ्य चेतना अभिवृद्धि
गाँउघर क्लिनिक सञ्चानल

गाउँपालिका तहमा बन्नेछ प्राथमिक अस्पताल 'ख' (५ देखि १५ बेड क्षमता)

प्राथमिक अस्पताल 'ख'मा उपलब्ध हुने सेवाहरु
आधारभूत स्वास्थ्य सेवा
परामर्श तथा जनस्वास्थ्य
बहिरंग सेवा (वेडका आधारमा २÷३ मेडिकल अफिसर
२४ घण्टे आकस्मिक सेवा र शल्यक्रिया सेवा
सघन नवजात तथा प्रसुति सेवा

नगरपालिका तहमा बन्नेछ प्राथमिक अस्पताल 'क' (१५ देखि ७० बेड क्षमता)

जनरल मेडिसिन
जनरल सर्जरी
प्रसुति तथा स्त्रीरोग
बालरोग, दन्तरोग, परामर्श र जनस्वास्थ्य
बहिरंग सेवा
२४ घण्टे आकस्मिक तथा सर्जिकल इमर्जेन्सी (माइनर)
शल्यक्रिया, जनरल प्रसुति तथा स्त्रीरोग
नवजात शिशु, जनरल हाई डिस्पेन्डेनसी सेवा

द्वितिय तह अस्पताल  (१०० देखि २०० बेड क्षमता, हेटौंडाको नमुना)

द्वितिय तह अस्पतालमा उपलब्ध हुने सेवाहरु

जनरल मेडिसिन, जनरल सर्जरी, प्रसुति तथा स्त्रीरोग, बालरोग, दन्तरोग, हाडजोर्नी, नाक, कान तथा घाँटी, (१५० शैयासम्म)

मुत्ररोग, चर्मरोग, मानसिक रोग, आँखा (१५० देखि २०० शैयामा चाहिने थप सेवा), काउन्सिलिङ र जनस्वास्थ्य  

बहिरंग सेवाः उपलव्ध सेवा बमोजिम
आकस्मिक सेवाः शल्यक्रिया सहितको २४ घन्टे आकस्मिक सेवा
शल्यक्रियाः जनरल, प्रसुति तथा स्त्रीरोग, हाडजोर्नी, नाक, कान तथा घाँटी

अन्यः डायलाइसिस, आइसीयु, एनाइसियु

तृतीय तह अस्पताल  (३०० देखि ५०० बेड क्षमता, धनगढीको नमुना)

तृतीय तह अस्पतालमा उपलब्ध हुने सेवा
द्वितीय तहका अस्पतालका लागि रेफरल सेवा प्रदायक
उपलव्ध बिशेषज्ञ सेवाः जनरल मेडिसिन, जनरल सर्जरी, प्रसुति तथा स्त्रीरोग, बालरोग, दन्तरोग, हाडजोर्नी, नाक, कान तथा घाँटी, मुत्ररोग, चर्मरोग, मानसिक रोग, आँखा, कार्डियोलोजी तथा कार्डियाक सर्जरी, न्युरोसर्जरी र अन्य बिशेषज्ञ सेवाहरु  
बहिरंग सेवाः  उपलव्ध सेवा बमोजिम  
आकस्मिक सेवाः शल्यक्रिया सहितको २४ घन्टे आकस्मिक सेवा
शल्यक्रिया सेवाः जनरल, प्रसुति तथा स्त्रीरोग, हाडजोर्नी, मुत्ररोग, आँखा, न्युरो, कार्डियाक, नाक, कान तथा घाँटी
 अन्यः डायलाइसिस, आइसीयु, एनाइसियु
आवश्यकता अनुसारः युरोलोजी, न्युरोलोजी, प्लास्टिक सर्जरी

केन्द्रीय अस्पताल  (३०० बेडभन्दा माथि,विशेषज्ञ सेवा, प्रसुति गृहको नमुना)

तृतीय तहका अस्पतालबाट रेफर हुनेहरुलाई सेवा दिने सबै बिशेषज्ञ, शिक्षण एवं साधारण अस्पतालहरु
आवश्यकता आधारमा प्रदेश तथा केन्द्रमा स्थापना गरिने
मुटु, मिर्गौला, क्यान्सरजस्ता रोगको स्पेसलाइज सम्पूर्ण सेवा

खुशी 84.6%
दुखी 0%
अचम्मित 7.7%
हास्यास्पद 7.7%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App