१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

हावाहुरीका कारण खोटाङमा विद्युत सेवा अवरुद्ध

खोटाङ– हावाहुरीका कारण खोटाङमा विद्युत अवरुद्ध भएको छ। हावाहुरीका कारण दिक्तेल–गाईघाट ३३ केभी प्रशारण लाईनको तार चुडिँदा खोटाङ बुधबारदेखि अन्धकार बनेको छ।

विद्युत् अवरुद्ध हुँदा जिल्लाका ४० भन्दा बढि गाविसका स्थानीय मारमा परेका छन्। विद्युत्  अभावमा विद्युतीय उपकरण, सञ्चारमाध्यम, व्यापारव्यवसाय प्रभावित बनेको छ। विद्युत् अभावमा जिल्लामा फोन, इन्टरनेटसमेत राम्ररी नचल्दा जनजीवन प्रभावित भएको छ।

हावाहुरीले तार चुँडाउँदा वा तारमा रुखका हाँगो अल्झिएका कारण विद्युत अवरुद्ध भएको हुन सक्ने नेपाल विद्युत प्राधिकरण शाखा दिक्तेलका सुपरभाइजर जीव शर्माले बताए। बुईपासम्म लाइन आएको भए पनि बुईपा र दिक्तेलकोबीचमा फल्ट भएको प्राधिकरणले जनाएको छ। अवरुद्ध विद्युत सुचारु गराउन प्राविधिकको टोली खटाइएको शर्माले बताए।

केही समययता पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता हैरान बनेका छन्। गत चैत्र अन्तिम साता पनि विद्युत् अवरुद्ध भएको थियो।

प्रकाशित: ७ वैशाख २०७४ ०७:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App