१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जहाज किन्न सरकार जमानी बस्ने मन्त्रीपरिषद्को निर्णय

काठमाडौँ- मन्त्रिपरिषद्को विहीबारको बैठकले नेपाल वायु सेवा निगमको ‘वाईड बडी जहाज’ खरिदका लागि सरकार जमानी बस्ने निर्णय गरेको छ । 

निगमले गत चैत २५ गते अमेरिकी विमान कम्पनीसँग २१ अर्ब ९० करोडमा दुई वटा वाईड बडी जहाज’ खरिदका लागि सम्झौता गरेको थियो । 

मन्त्रिपरिषद्को बैठकले युरोपियन सङ्घलाई नेपालमा जग्गा खरिदका लागि अनुमति दिने निर्णय गरेको ऊर्जामन्त्री जनार्दन शर्माले जानकारी दिए । 

बैठकले महोत्तरीको बर्दिवास नगरपालिकास्थित मुसहर बस्तीमा घर निर्माण गरी हस्तान्तरण गर्दा लाग्ने जग्गा रजिस्ट्रेसन शुल्क मिनाहा गर्ने निर्णय गरेको उनले बताए । 

बैठकले महिला बालबालिका दिवा सेवा स्याहार केन्द्रको म्याद थप गर्ने, खेलकुद मन्त्रीको विदेश भ्रमण स्वीकृति गर्ने, सेनाका प्रधानसेनापतिसहितको भ्रमण दललाई अमेरिका भ्रमणका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । 

विभिन्न ठाउँका वनको रुख काट्न अनुमति दिने, शिक्षा मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा आधारित प्रणाली लागू गर्ने निर्णय समेत बैठकले गरेको मन्त्री शर्माले जानकारी दिए । 

बिपी र पुष्पलाल पार्क निर्माण गरिने 

बैठकले नेपाली काँग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री बिपी कोइरालाको जन्मस्थल सिन्धुलीको दुम्जामा सङ्ग्रहालय र पार्क बनाउने तथा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको जन्मस्थल रामेछापमा पार्क निर्माण गर्ने निर्णय गरेको छ । 

सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले आफ्नो मन्त्रालयको प्रस्तावअनुसार तत्कालका लागि ती दुई स्थानमा पार्कको काम अघि बढाउन रु ५०/५० लाख छुट्याउने निर्णय मन्त्रिपरिषद्बाट भएको जानकारी दिए । रासस

प्रकाशित: ७ वैशाख २०७४ ०७:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App