१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ब्यारेक बाहिर निस्किने तयारीमा सेना

नेपाली सेना। फाइल तस्विर

काठमाडौं– स्थानीय निकायको निर्वाचनमा नेपाली सेना परिचालनसम्बन्धी प्रस्ताव राष्ट्रपति कार्यालय शीतल निवासमा रोकिएको छ। सुरक्षा परिषदको सिफारिसमा मन्त्रिपरिष्द बैठकले पारित गरेर प्रस्ताव शीतल निवास पुगेको हो।

रक्षा प्रवक्ता सहसचिव उत्तमप्रसाद नागिलाले निर्वाचनमा सेना खटाउनेसम्बन्धी प्रस्ताव राष्ट्रपति कार्यालयमा पुगेको पुष्टि गरे। उनका अनुसार नेपाली सेनाको परमाधिपति रहेकी भण्डारीले प्रस्ताव पास गरेपछि मन्त्रालयको निर्देशनमा सेना निर्वाचन सुरक्षा प्रयोजनका लागि ब्यारेक बाहिर निस्कनेछ। मन्त्रालयका अनुसार नेपाली सेनाले निर्वाचन सुरक्षाको बाहिरी घेरा र सम्बेदनशील स्थानहरुको सुरक्षा आफ्नो जिम्मेबारीमा लिनेछ।

गृहले बनाएको सुरक्षा योजनाअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको जिम्मेवारीमा रहेका कार्यालयको सुरक्षा जिम्मेवारी निर्वाचन अवधिभर सेनाले लिएर प्रहरी र सशस्त्र निर्वाचनमा खटिनेछन्। यस्तै सेनाले देशभरका निर्वाचन क्षेत्रदेखि मतदान केन्द्रसम्म बाहिरी घेरा सहित नियमित पैदल गस्ती गर्नेछ।

‘सेना परिचालन प्रस्ताव राष्ट्रपति कार्यालयबाट आउन बाँकी छ, सेनाले निर्वाचनको बाहिरी घेरा सहित सम्बेदनशिल स्थानको सुरक्षा निर्वाचन अवधिभर आफु मातहतमा राख्नेछ,’ सहसचिव नागिलाले भने। उनका अनुसार प्रस्ताव पास नभए पनि निर्वाचन आयोगको ढुवानी, मतपत्र छपाई र अन्य कार्यमा सेनाले सहयोग गर्दै आएको छ।

गृहले बनाएको सुरक्षा योजनाअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको जिम्मेवारीमा रहेका कार्यालयको सुरक्षा जिम्मेवारी निर्वाचन अवधिभर सेनाले लिएर प्रहरी र सशस्त्र निर्वाचनमा खटिनेछन्। यस्तै सेनाले देशभरका निर्वाचन क्षेत्रदेखि मतदान केन्द्रसम्म बाहिरी घेरा सहित नियमित पैदल गस्ती गर्नेछ।

निर्वाचनका लागि आवश्यक सामाग्रीको हवाई ढुवानी र ओसारपसारको जिम्मेवारी समेत सेनालाई दिने प्रस्ताव गरिएको हो।

दोस्रो संविधानसभा निर्वाचनकै सुरक्षा योजना अनुसार विकट हिमाली जिल्लाका लागि निर्वाचन आयोगको आवश्यकता अनुसार सैन्य विमान प्रयोग हुनेछन्।

सैनिक उच्चस्रोतका अनुसार सरकारको निर्देशन अनुसार निर्वाचन सुरक्षाका लागि ब्यारेक बाहिर निस्कने तयारीमा रहेको सेनाले आफ्नो आन्तरिक योजना समेत बनाएको छ। स्रोतका अनुसार सीमावर्ती क्षेत्रमा हुनसक्ने सम्भावित निर्वाचन विरोधी गतिविधी रोक्न सेनाको विशेष फौज सक्रिय हुनेछ।

‘सेनाले बाहिरी घेरामा सुरक्षा दिने हो तर आवश्यक सूचना अनुसार अन्य सुरक्षा निकायलाई निर्देशन समेत गर्नेछ, हाम्रो आफ्नो योजना समेत हुन्छ,’ स्रोतले भन्यो ।

आयोगले माग्यो सेनासँग वाटरप्रुफ टेन्ट
निर्वाचनमा सेना परिचालन सम्बन्धी प्रस्तावको टुङगो नलागे पनि आयोगले रक्षा मन्त्रालयमार्फत् नेपाली सेनाका सामाग्री निर्वाचन प्रयोजनका लागि प्रयोग गरिरहेको छ। आयोगले रक्षा मन्त्रालयलाई पत्र लेख्दै निर्वाचन सामाग्री राख्न टेन्ट सहितका सामाग्री प्रयोग गरिरहेको हो। मन्त्रालयका अनुसार आयोगले निर्वाचन सामाग्रीको सुरक्षाका लागि केही दिन अघिमात्र तीन थान वाटरप्रुफ टेन्ट माग गरेको हो।

आयोगले रक्षा मन्त्रालयमा लिखित निवेदन दिएर सेनासँग रहेका सामाग्री उपलब्ध गराउन आग्रह गरेको थियो। प्रवक्ता नागिलाले आयोगको आग्रहमा तीन थान ठूला टेन्ट सेनाले उपलब्ध गराएको हो। यस्तै आयोगले नेपाली सेनासँग रहेका अन्य सामाग्री समेत माग गरेको छ। ती सामाग्रीका बिषयमा भने मन्त्रालयले खुलाउन चाहेन।

‘अघिल्ला निर्वाचनमा समेत सेनासँग रहेका सामाग्री आयोगले प्रयोगगर्दै आएको थियो, सोही अनुसार आसन्न निर्वाचनका लागि समेत सामाग्री माग भएको हो, हामीले केही उपलबध गराएका छौ,’ प्रवक्ता नागिलाले नागरिकन्युजसँग भने ।

आयोगका प्रवक्ता सहसचिव सूर्यप्रसाद शर्माले आयोगले निर्वाचनका लागि आवश्यक सामाग्री सबै मन्त्रालय र सरकारी निकायसँग माग्न सक्ने अधिकार अनुसार विविध सामाग्री मन्त्रालय र सरकारी निकायसँग माग भएको बताए। उनले हाललाई निर्वाचन सामाग्री राख्न तत्काल आवश्यक भएकाले सेनासँग टेन्ट लिएर प्रयोग भै रहेको बताए।

‘आयोगले केन्द्र, प्रदेश र स्थानीय सरकारका निकायसँग आवश्यक सामाग्री माग्ने अधिकार राख्छ, हामीले मागेका छौ र सम्बन्धीत निकायले उपलब्ध गराएका पनि छन,’ शर्माले भने।

प्रकाशित: ७ वैशाख २०७४ ०४:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App