१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

माछा मार्न जाँदा नदीमा बगेर युवक बेपत्ता

जाजरकोट– जाजरकोटमा एक युवक भेरी नदीमा बगेर बेपत्ता भएका छन्। माछा मार्न भेरी नदीमा गएका छेडागाड नगरपालिका १ का २७ वर्षीय  शरण पुन बेपत्ता भएका हुन्। 

अन्य दुई जना साथीहरुसंगै  माछा मार्न  नदीमा गएका  पुनको अवस्था अझै  अज्ञात रहेको जाजरकोटका प्रहरी प्रमुख भावेश रिमालले बताए।

उनले पुन नदीमा बेपत्ता भएको घटनाबारे  अनुसन्धान भइरहेको  बताए । प्रहरीका अनुसार  बेपत्ता भएका पुनसँगै  सोही स्थानका कृष्णबहादुर पुन र गोबिन्द पुन पनि माछा मार्न गएको बताए।

स्थानीय र प्रहरीले बेपत्ता पुनको व्यापक खोजी गरे पनि अझै पत्ता लगाउन नसकिएको  प्रहरीले जनाएको छ। घटनास्थल सदरमुकाम खलंगाबाट एक दिनको पैदल दूरी र तीन घन्टाको गाडीको दूरीमा छ।

प्रकाशित: ६ वैशाख २०७४ ११:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App