१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

गोकर्णेश्वर नगरपालिका प्रमुखमा कांग्रेसका ४ जनाको नाम सिफिारिस

काठमाडौं– काठमाडौंको क्षेत्र नम्बर–२ अन्र्तगत पर्ने गोकर्णेश्वर नगरपालिकामा नेपाली कांग्रेस स्थानीयत तहको निर्वाचनमा नगरपालिका प्रमुख (मेयर) पदका लागि ४ प्रतिस्पर्धीको नाम तय गरेको छ ।

नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका इकाई र कार्यसमितिबाट मेयर पदका लागि युवा नेताहरु दीपक रिसाल, लालबहादुर लामा, विमल ठकुरी र श्रीकृष्ण ज्योतिको नाम सिफारिस भएको हो । त्यसमध्ये पहिलो नम्बरमा रिसालको नाम स्थानीयस्तरबाट सिफारिस भएको छ।

नेता रिसाल, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत हुन् भने ठकुरी यसअघि दुई कार्यकाल सांसद भएका चक्र ठकुरीका छोरा हुन्। राजधानी र अन्य जिल्ला जोड्ने काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा निर्वाचन वातावरण तातेको छ।

चिया पसलदेखि हरेक चोकमा विभिन्न पार्टीका उम्मेदवारको नाम चर्चामा सुनिन थालेको छ । अन्य पार्टीहरु पनि उम्मेदवार तय गर्ने तयारी रहेको समयमा काग्र्रेसले स्थानीयस्तरबाट सर्वसम्मत गर्न नसकेपछि चारै जनाको नाम पठाएको हो।

जोरपाटीदेखि साँखुसम्मको भुभाग समेटिएको उक्त क्षेत्रमा कुल २८ हजार मतदाता रहेका छन् । उक्त क्षेत्र लामो समयदेखि नेपाली कांग्रेसका नेता चक्र ठकुरेले संसदीय निर्वाचनमा विजय प्राप्त गर्दै आएका थिए। हाल एमालले उक्त क्षेत्रमा निर्वाचन जितेको थियो। तर पनि उक्त क्षेत्रलाइ नेपाली कांग्रेसको पकड एरियाको रुपमा लिने गरिन्छ।

नेपाल विद्यर्थी संघबाट २०४६ सालदेखि राजनीतिमा सक्रिय रिसाल गोकर्णेश्वर नगरपालिकाको मेयरका लागि इकाई र कार्यसमितिमा अग्रस्थानमा रहेका छन्। रिसालको सामाजिक एंव राजनितिक छवी अन्यको तुलनमा सफा र सवल रहेको कुरा स्थानीय, युवा, संघसंस्था प्रतिनिधिहरु बताउँछन्।

रिसाल जस्तै अन्यले पनि आफ्नो चुनावी एजेन्डासमेत तय गरेका छन्। उनले युवा, बेरोजगारीलाई रोजगारी, स्वाथ्य, शिक्षा, पर्यटन र अर्गानिक खेतीलाई आफू मेयर भएमा गोकर्णको नयाँ पहिचानका रूपमा ल्याउन बताएका छन्।

हराभरा बाग्मती हाम्रो बाग्मती, सुन्दरीजल पर्यटकीय क्षेत्र, गोकर्णश्वर मन्दिर धार्मिक तीर्थस्थल, र युवाहरूलाई खेलकुद मैदानसमेत बनाउने योजान अघि सारेका छन् । लामो समयदेखि नेपाली कांग्रेसको पकड क्षेत्र मानिएको उक्त क्षेत्रमा समाजसेवा गरी रिसाल मुख्य प्रतिस्पर्धी एमालेसँग मुख्य प्रतिस्पर्धा गर्न सक्ने उम्मेद्वारको रुपमा हेरिएको छ ।
 

प्रकाशित: ६ वैशाख २०७४ १०:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App