१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दुई चरणमा निर्वाचन गर्नेबारे पाँच दलबीच छलफल

प्रधानमन्त्री निवासमा जारी पाँच दलको बैठक। तस्विरः दिपेश श्रेष्ठ

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा पाँच दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी छ। पाँच दलका शीर्ष नेताहरुबीच निर्वाचनको विषयमा छलफल भइरहेको हो।

बैठकबाट बाहिर निस्किएका कांग्रेस नेता एवं गृहमन्त्री विमलेन्द्र निधिले वैशाघ ३१ को निर्वाचनमा मधेसी मोर्चालाई कसरी सहभागी गराउने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए।

बैठकमा प्रधानमन्त्री दाहालले मधेसी मोर्चा निर्वाचनमा आउँछ भने दुई चरणमा चुनाब गर्ने कि नगर्ने भन्ने विषयबारे पाँच दलका नेताहरुसँग छलफल गरेका छन्। उनले मोर्चालाई चुनाबमा ल्याउन कस्तो प्रयास गर्दा ठिक हुन्छ भन्नेबारे पनि शीर्ष नेताहरुसँग छलफल गरेका छन्।

बैठकबाट बाहिर निस्किएका कांग्रेस नेता एवं गृहमन्त्री विमलेन्द्र निधिले वैशाघ ३१ को निर्वाचनमा मधेसी मोर्चालाई कसरी सहभागी गराउने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए।

‘मधेसी मोर्चा सहमत भएर आउँछ भने दुई चरणमा चुनाब गर्ने भन्ने तर्क आइरहेको छ’, उपप्रधान तथा गृहमन्त्री निधिले भने, ‘यदि उनीहरु आउँछन् भने के गर्ने ? दुई चरणमा पनि गर्न सकिन्छ कि भन्ने तर्क चाहिँ छ। प्रधानमन्त्रीले त्यही कुरा उठाउनु भएको छ। त्यसमै छलफल भइरहेको हो।’

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेस नेता एवं गृहमन्त्री निधि, एमाले उपाध्यक्ष बामदेव गौतम, एमाले संसदीय दलका उपनेता सुवाषचन्द्र नेम्वाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरा एवं मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार सहभागी छन्।

प्रधानमन्त्री निवासमा भइरहेको बैठक जारी छ।

प्रकाशित: ६ वैशाख २०७४ ०५:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App