१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘फ्रान्समा सबै कानुनी अाप्रवासन रोक्छु’

फ्रान्सको राष्ट्रपति निर्वाचन अभियानको समापन कार्यक्रममा उम्मेदवार मारिन ल पेन । तस्बिर : एपी

पेरिस– फ्रान्सको राष्ट्रपतीय निर्वाचनका उम्मेदवारमध्येकी एक अति दक्षिणपन्थी मारिन ल पेनले फ्रान्समा सबै प्रकारको कानुनी आप्रवासन रोक्ने बताएकी छिन् ।

नेसनल फ्रन्टकी नेतृ पेनले एउटा र्यालीलाई सम्बोधन गर्दै आफूले ‘बौलाहा र अनियन्त्रित स्थिति’ समाप्त गर्न चाहेको बताइन् । कानूनी आप्रवासनबाट उत्पन्न आक्रोश र अनियन्त्रित स्थिति नियन्त्रणका लागि सबै प्रकारका कानूनी आप्रवासन रोक्ने सम्बोधनका क्रममा पेनले बताइन् । उनले फ्रान्सले त्यसपछि आप्रवासनसम्बन्धी आमूल, तार्किक, मानवीय र व्यवस्थापन गर्न सकिने नीतिहरु ल्याउने बताइन् । 

वाम झुकाव भएको लिबरेसन पत्रिकाले तल्लो तहका समर्थकहरुलाई सन्तुष्ट पार्ने उद्देश्यका साथ ल पेनले चुनावी अभियानका क्रममा कडामध्येको अभिव्यक्ति दिएको जनाएको छ ।
फ्रान्समा राष्ट्रपतीय निर्वाचनका लागि आउँदो आइतबार पहिलो चरणको मतदान हुँदैछ । पछिल्लो मत सर्वेक्षणहरुले मारिन ल पेन अर्का मध्यपन्थी उम्मेदवार इमानवेल माक्रोंसँग निकै कडा प्रतिस्पर्धामा देखिएकी छिन् ।

मत सर्वेक्षणहरुले माक्रों र ल पेन दोस्रो चरणसम्म पुग्ने देखाएको बिबिसीले जनाएको छ ।  फ्रान्समा दोस्रो चरणको मतदान भने आगामी मे ७ तारिखमा हुनेछ । दोस्रो चरणको निर्वाचनमा भने उनीहरुबीच अत्यन्तै कडा प्रतिस्पर्धा हुने देखिएको बिबिसीले जनाएको छ । 

पेनका प्रतिस्पर्धीका रुपमा लिइएका राष्ट्रपति पदका अर्का उम्मेदवार माक्रों भने अति वामपन्थी उम्मेदवार जिन लुक मेलांसोप्रति अनुदार देखिएका छन् । उनले मेलांसोले राष्ट्रपति निर्वाचनमा जिते फ्रान्सको स्थिति नराम्रो हुने मतदाताहरुलाई चेतावनी दिएका छन् ।

समाचारसम्बन्धी टेलिभिजिन बीएफएमटीभीका लागि गरिएको एउटा मत सर्वेक्षणले पहिलो चरणमा माक्रोंले २४ प्रतिशत, ल पेनले २३ प्रतिशत, अनुदारवादी नेता फ्रास्वाँ फियोंले १९ दशमलव ५ र मेलांसोले १८ प्रतिशत मत पाउने देखाएको बिबिसीले जनाएको छ । फ्रान्सको राष्ट्रपतीय निर्वाचनको पहिलो चरणको मतदानमा ११ जना उम्मेदवार प्रतिस्पर्धामा रहने बताइएको छ । 

 

प्रकाशित: ६ वैशाख २०७४ ०३:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App