१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

काठमाडौंको मेयरमा २१ वर्षे रञ्जुको उम्मेदवारी

विवेकशील नेपाली पार्टीकी काठमाडौंकी मेयर उम्मेदवार रन्जु दर्शना

काठमाडौं— विवेकशील नेपाली दलले काठमाडौं महानगरपालिकाको मेयरमा २१ वर्षे रन्जु दर्शनालाई उम्मेदवार बनाउने भएको छ। बन्दविरोधी अभियानमा संलग्न, भूकम्पपछिको राहत तथा उद्धारमा सक्रिय एवं  ड.गोविन्द केसीको सत्याग्रहमा सहयोगी रहको भन्दै पार्टीले उनलाई मेयर उम्मेदवारमा छनौट गरेको हो।

बन्दविरोधी अभियानमा संलग्न, भूकम्पपछिको राहत तथा उद्धारमा सक्रिय एवं  ड.गोविन्द केसीको सत्याग्रहमा सहयोगी रहको भन्दै पार्टीले उनलाई मेयर उम्मेदवारमा छनौट गरेको हो।

तीन वर्षदेखि उनी विवेकशील नेपालीसँग अावद्ध थिइन्। दोस्रो संविधानसभाको निर्वाचनका बेला विवेकशील नेपालीले चलाएको बन्दविरोधी अभियानमा संलगन्ता रञ्जु हाल पार्टीको मिडिया विभाग प्रमुख तथा केन्द्रीय सदस्य हुन्।

२०७२ को भूकम्पपछिको राहत तथा उद्धारमा संलग्न रन्जु २०७२ मंसिरसम्म आठ महिना विवेकशील नेपाली दलको काठमाडौँ जिल्ला कार्यसमितिमा कार्यपालिका प्रमुखको रुपमा पनि सक्रिय थिइन्। रन्जु विवेकशील नेपाली दलको २०७२ मंसिरमा भएको प्रथम महाधिवेशन केन्द्रीय सदस्य चुनिएकी थिइन्।

उनले डा.गोविन्द केसीको सत्याग्रमा विवेकशीलको तर्फबाट नेतृत्वदायी भूमिका निर्वाह गरेको पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। रन्जु हाल विकास अध्ययनमा स्नातक तहकी विद्यार्थी हुन्।

प्रकाशित: ५ वैशाख २०७४ ११:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App