१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नाम छुटेको भन्दै भूकम्प पीडितले गाविसमा ताला लगाए

गोरखा- ताप्ले गाविसका स्थानीयले भूकम्प पीडितले घर बनाउन पाउने अनुदानमा आफ्नो नाम छुटेको भ्रन्दै गाविस कार्यालयमा शुक्रवार तालाबन्दी गरेका छन्। रातो कार्ड पाएका, विद्युतीय तथ्याङ्ककबाट गरिएको सर्वेक्षणमा नाम छुटेको भन्दै १८/२० जना पीडितले गाविस कार्यालयमा ताला लगाएको सचिव घनश्याम ढकालले बताए।
२६ गते देखि घर बनाउन अनुदानमा नामावली प्रकाशित भएकाहरुको ताप्ले गाविसमा सम्झौता सुरु भएको थियो। शुक्रवार सम्म आठ सय जना भन्दाबढीको सम्झौता भईसकेको सचिव ढकालले बताए। सम्झौता भईरहेका बेला एक्कासी नाम छुटेका ब्यक्तीहरु आएर ताला लगाएपछि काम रोकिएको छ। एक हजार दुई सय ९८ जनालाई रातो कार्ड बितरण गरिएको थियो। ती मध्ये १२ सय २८ जनाको मात्रै सम्झौतामा नामालवी आएको छ। ७० जनाले नाम छुटेको गुनासो गरेका छन्।

 

प्रकाशित: ३ असार २०७३ १२:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App