१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

अन्तिम ओभरमा कोलकाता विजयी

दिल्ली- मनीष पाण्डेले अविजित ६९ रनको योगदान गरेपछि कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली डेरडेभिल्सलाई ४ विकेटले हराएको छ। फिरोज साह कोटला मैदानमा दिल्लीले कोलकातालाई १ सय ६९ रनको लक्ष्य दिएको थियो। मनीष र युसुफ पठानले अर्धशतक पूरा गरेपछि कोलकाताले १ बल बाँकी रहँदा ६ विकेटको नोक्सानीमा जित हासिल गर्‍यो।

ओपनर एवम् कप्तान गौतम गम्भीर १४ र कोलिन डि ग्रान्डहोमी १ रनमा आउट भएका थिए। तर चौथो विकेटका लागि पठानले (५९) र पाण्डेले (४३) १ सय १० रनको साझेदारी गर्दै कोलकाताका लागि जितको आधार तयार पारेका थिए। प्लेयर अफ द म्याच पाण्डेले ४९ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। पठानले ३९ बलमा ६ चौका २ छक्का प्रहार गरेका थिए।

दिल्लीका जाहिर खान र पाट कुमिन्सले २/२  विकेट लिए। त्यसअघि दिल्लीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६८ रन जोडेको थियो। ओपनर सन्जु सामसनले ३९, ऋषभ पन्तले ३८ रन बनाएका थिए। श्रीयाज येरले २६, ओपनर साम विलिङ्स र करुन नायरले समान २१ रन बनाए। क्रिज मोरिजले १६ जोडे। कोलकाताका नाथन कल्टर नेलले ३ विकेट लिएका थिए।

यसै गरी आइतबार अबेर राति भएको खेलमा राइजिङ पुने सुपरजायन्टले रोयल च्यालेन्जर्स बैङ्लोरलाई २७ रनले हरायो। सुरुआतमा ब्याटिङ गरेको राइजिङले २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ६१ रन जोडेको थियो। बैङ्लोरका एडम मिल्नी र श्रीनाथ अरविन्दले २/२ विकेट लिए। जबाफमा बैङ्लोरले २० ओभरमा ९ विकेटको नोक्सानीमा १ सय ३४ रन मात्र जोड्न सक्यो। कप्तान विराट कोहलीले २८ र एबी डी भिलियर्सले २९ रन बनाएका थिए। पुनेका शार्दूल ठाकुर र बेन स्टोकले ३/३ विकेट लिए।

प्रकाशित: ५ वैशाख २०७४ ०५:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App