१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मतदाता नामावली वेबसाइटमा

काठमाडौं- निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन पाउने एक करोड ४० लाख ५४ हजार चार सय ८२ जनाको फोटोसहितको मतदाता नामावली विवरण सार्वजनिक गरेको छ।

आयोगले आफ्नो वेबसाइट इलेक्सन डट जिओभी डट एनपी मार्फत २०७३ फागुन ९ गतेसम्म १८ वर्ष पूरा भएका र फोटोसहितको मतदाता नामावलीमा नाम लेखाएकाको मतदाता नामावली सार्वजनिक गरेको हो। आयोगले स्थानीय तह पुनर्संरचनापछि नयाँ ठेगानाअनुसार मतदाताको नामावली राखेको छ।

आयोगले सातै प्रदेशका ७५ वटै जिल्लाका सात सय ४४ स्थानीय तहका मतदातालेे वेबसाइटमा आफ्नो दर्ता नम्बर वा जन्ममिति राखेर हेर्न सक्नेछन्। मतदाता नामावलीमा नाम भएकालाई निर्वाचन आयोगले मतदाता परिचयपत्र दिँदैछ। आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार ६७ जिल्लाको मतदाता परिचयपत्र छाप्ने काम सम्पन्न भइसकेको छ । आयोगले वैशाख २८ गतेदेखि मतदान केन्द्रबाटै परिचय वितरण गर्ने योजना बनाएको छ।  

प्रकाशित: ५ वैशाख २०७४ ०२:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App