१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

गृहमन्त्रीको मध्यरातको ट्विटप्रति निर्वाचन आयोगको आपत्ति

काठमाडौं—गृहमन्त्री विमलेन्द्र निधिले गएराति २ बजे गरेको ट्विटप्रति निर्वाचन आयोगले आपत्ति जनाएको छ। गृहमन्त्रीको ट्विटले निर्वाचनबारे आमजनमानसमा द्वधिा उत्पन्न गराएको भन्दै आयोगले भनेको छ, ‘गृहमन्त्रीको अभिव्यक्तिप्रति आयोग आश्चर्य चकित भएको छ।’

'निर्वाचन आयोग र सुरक्षा प्रबन्ध पर्याप्त छैन। सफल निर्वाचनका लागि दलहरुबीच सम्वादमार्फत् राजनीतिक समाधान खोजिनुपर्छ', उनले भनेका थिए।

आयोगले एक विज्ञप्ति जारी गर्दै वैशाख ३१ गते नै स्थानीय तह निर्वाचन हुने कुरामा विश्वस्त हुन सर्वसाधारणमा आग्रह गरेको छ।

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले ट्विट गर्दै स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोग र सुरक्षा प्रबन्ध पर्याप्त नभएको उल्लेख गर्दै सफल निर्वाचनका लागि राजनीतिक दलरुबीच सम्वाद गरी समाधान खोज्नुपर्ने उल्लेख गरेका थिए। 'निर्वाचन आयोग र सुरक्षा प्रबन्ध पर्याप्त छैन। सफल निर्वाचनका लागि दलहरुबीच सम्वादमार्फत् राजनीतिक समाधान खोजिनुपर्छ', उनले भनेका थिए।

 गृहमन्त्रीको रुपमा उनको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण भन्दै सामाजिक सञ्जालबाट सर्वसाधारणले विरोध जनाएको सन्दर्भमा आयोगले सोमबार साँझ विज्ञप्ति जारी गर्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। अाफ्नो भनाइको चौतर्फी विरोध भएपछि गृहमन्त्री निधिले निर्वाचन अायोग र सुरक्षा प्रबन्ध गजब रहेको भन्दै प्रस्टिकरण दिएका छन्। 

निधिको ट्विट

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App