१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

चुनावको विथोल्नका लागि तयार रहन अध्यक्ष यादवको निर्देशन

बारा– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मोर्चाको सहमति बिना गर्न लागिएको स्थानीय निकायको चुनाव कुनै पनि हालतमा हुन नदिने चेतावनी दिएका छन्।

बाराको सदरमुकाम कलैयामा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा फोरम अध्यक्ष यादवले देशको आधा जनसंख्या बसोबास गर्ने क्षेत्रका जन्ताको मागलाई बेवस्था गर्दै स्थानीय निकायको चुनाव गर्न खोज्नु प्रमुख तीन दल तानाशाही बन्न खोजेको आरोप यादवले गराए।

मोर्चाको सहमति बिना सरकार र प्रमुख तीन दलले निर्वाचन गर्न खोजेको भन्दै उनले चुनावको प्रतिकारको लागि तयार रहन मोर्चाको कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।

सरकारले ल्याएको संविधान संशोधन प्रस्तावले मधेसी, आदीवासी जनजातीलगाएतका समुदायको मागलाई सम्बोधन गर्न नसक्ने आरोप उनको छ।

 

प्रकाशित: ४ वैशाख २०७४ १४:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App