१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

यसरी हेर्न सकिन्छ वेबसाइटमा अन्तिम मतदाता नामावली

काठमाडौँ– निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि तयार पारेको फोटोसहितको मतदाता नामावलीलाई आइतबार राति आयोगको वेबसाइटमा राखेको छ। स्थानीय तहको निर्वाचन वैशाख ३१ गते आइतबार तोकिएको छ।

स्थानीय तह निर्वाचनमा २०७३ फागुन ९ गते १८ वर्ष पूरा भई मतदाता नामावलीमा फोटोसहितको नाम दर्ता गराएका मतदाताले मात्रै मताधिकार प्रयोग गर्न पाउने कानुनी व्यवस्था छ ।

आयोगले सातवटै प्रदेशका ७५ वटै जिल्ला र ७४४ वटै स्थानीय तहको एक करोड ४० लाख ५४ हजार ४८२ मतदाताको विवरणलाई अन्तिम रूप दिई मतदाताको जानकारीका लागि वेबसाइटमा राखिएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

मतदाताले आयोगको वेबसाइट www.election.gov.np मा गई मतदाता नामावलीमा रहेको आफ्नो नम्बर र जन्म मिति राखेर आफ्नो विवरण हेर्न सकिनेछ ।

स्थानीय तहको पुनःसंरचना भएबाट मतदाताको ठेगाना परिवर्तन भएको हुँदा त्यसलाई मिलाउन आयोगलाई बढी समय लागेको जनाइएको छ । नयाँ संरचनाअनुसारको स्थानीय तहको नाम र वडा खुल्ने गरी मतदाताको नामावलीलाई अद्यावधिक गरिएको छ ।

आयोगका अनुसार मतदाता नामावलीको छपाइ कार्य आयोगकै छापाखानाबाट भइरहेको छ र साेमबार दिउँसोसम्म ६७ जिल्लाको मतदाता नामावली छाप्ने कार्य सकिएको छ ।

प्रकाशित: ४ वैशाख २०७४ १३:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App