१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

घामपानीको कमाई करोड माथि

काठमाडौं – नेपालभरको हलमा रिलिज भएको दीपेन्द्र लामा निर्देशित फिल्म घामपानीले पछिल्लो तीन दिनमा बक्स अफिसमा कब्जा जमाएको छ। शुक्रबार एकैसाथ तीन नेपाली फिल्म रिलिज भएका थिए।

लभ लभ लभ र राधेको तुलनामा घामपानीले बढी कमाइ गरेको हो। सम्बन्धित निर्माता तथा वितरकका अनुसार शुक्रबारदेखि आइतबारसम्म घामपानीले १ करोड २० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ।

नयाँ वर्षको फाइदा उठाउँदै पहिलो दिनमै घामपानीले ७१ लाखको लाखको व्यापार गरेको थियो। शनिबार भने फिल्मले ३८ लाखको कलेक्सन गरेको निर्देशक दीपेन्द्र लामाले बताए।

नयाँ वर्षको फाइदा उठाउँदै पहिलो दिनमै घामपानीले ७१ लाखको लाखको व्यापार गरेको थियो। शनिबार भने फिल्मले ३८ लाखको कलेक्सन गरेको निर्देशक दीपेन्द्र लामाले बताए। तुलनात्मक हिसाबमा आइतबार भने ११ लाख कलेक्सन गरेर फिल्मले केही फितलो व्यापार गरेको थियो।

राष्ट्रपति विद्यादेवी भण्डारीले भारत प्रस्थानको अवसरमा सोमबार सार्वजनिक विदा भएपछि फिल्मको कलेक्सनमा वृद्धि भएको उनले बताए। ‘तीन दिनको ग्रस कलेक्सन एक करोड २० लाख भएको छ,’ निर्देशक दीपेन्द्र लामाले नागरिकन्युजसँग भने,‘फिल्मलाई दर्शकहरुले रुचाइदिनुभएको छ। सोमबारको अन्तिम रिपोर्ट आइसकेको छैन। विदा परेकाले राम्रो रिपोर्ट अाउँदैछ।’

देशभरका ६० वटा हलमा रिलिज भइरहेको घामपानीमा अभिनेता दयाहाङ राई, केकी अधिकारी, अंकित खड्का, सिल्सा जिरेल, पुष्कर गुरुङ, बुद्धि तामाङ, कविता आले, अरुणा कार्की, मणिराम पोखरेल, अमोघ पोखरेल, प्रेमवर्षा खड्का, सम्रान्त थापा, विजय राई लगायतले अभिनय गरेका छन्।

शुक्रबारै ६० वटा हलमा रिलिज भएको राधे फिल्मले भने एक करोड हाराहारीको व्यापार गरेको छ। वितरकका अनुसार राधे सिंगल थिएटरमा रिलिज भएको हो। सुशील पोखरेल निर्माता रहेको फिल्ममा अभिनेत्री प्रियंका कार्की र निखिल उप्रेतीको मुख्य भूमिका छ।

शुक्रबार नै रिलिज भएको अर्को फिल्म लभ लभ लभले तीन दिनमा ५० लाख ग्रस कलेक्सन गरेको छ। नेपालरभर २१ वटा हलमा चलेको फिल्मले आइतबार साँझसम्मको ग्रस कलेक्सन ५० लाख गरेको फिल्म निर्देशक दीपेन्द्र खनालले बताए।

‘तीन वटा नेपाली फिल्महरु एकैसाथ रिलिज हुँदा त्यसको मार सबैलाई परेको छ। त्यसमाथि हल पाउन एकअर्काबीच प्रतिपर्धा हुँदा फिल्मको व्यापार खस्किन पुगेको छ,’निर्देशक दीपेन्द्रके खनालले भने।

पहिलो साताको कमाई आधा–आधा
नेपालभर सञ्चालनमा रहेको मल्टिप्लेक्स हलहरुमा फिल्म रिलिज भएको पहिलो हप्ता उठाएको रकम फिल्म युनिट र हलबीच ५०–५० प्रतिशत वितरण गर्ने नियम छ।

त्यस्तै दोस्रो हप्तामा भने फिल्म युनिट कलेक्सनको ४० प्रतिशत र तेस्रो हप्ताबाट कलेक्सनको ३७ प्रतिशत फिल्म युनिटले पाउँछन्। यता सिंगल थियटरमा भने फिल्म रिलिजको दिनदेखि हलबाट उत्रँदासम्मको कलेक्सन फिल्म युनिट र हलबीच ५०–५० प्रतिशत बाँड्ने परम्परा छ।

शुक्रबारदेखि अाइतबारसम्मको कलेक्सन

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App