१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

चीनद्वारा निर्वाचन सामग्री हस्तान्तरण, भारतले सहयोग गरेन

काडमाडौं—मित्रराष्ट्र चीनले आगामी बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि १४ करोड ४० लाख रुपैयाँ बरावरका विभिन्न ११ प्रकारका सामाग्री निर्वाचन आयोगलाई उपलव्ध गराएको छ।

अायोगले स्थानीय तह निर्वाचनका लागि भारतसँग विभिन्न सामाग्री मागेपनि लामो समयसम्म भारतले ती सामान दिने/नदिनेबारे मौन रहेपछि दुई हप्ता अघि आयोग आफैँले खरिद प्रक्रिया अघि बढाएको हो।

दक्षिणी मित्रराष्ट्र भारतले निर्वाचनका लागि मागिएको सहयोग दिन पन्छिरहेका बेला उत्तरी छिमेकी देश चीनले निर्वाचनमा आवश्यक पर्ने सामाग्रीहरु निर्वाचन आयोगलाई उपलब्ध गराएको हो। सोमबार निर्वाचन आयोगमा एक समारोहबीच नेपालका लागि चीनकी राजदुत यु होङ र आयोगका सचिव गोपीनाथ मैनालीबीच निर्वाचन सामाग्री प्राप्त भएको कागजात समेत आदान प्रदान भएको हो।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार चीनबाट जेलपेन, स्ट्याम्प प्याड मसी, क्याल्कुलेटर, स्केल, पन्चिङ मेसिन, टेवल घडी, कैची, ग्लुस्टीक, रवरम्याट प्राप्त भएको छ। निर्वाचनका लागि आवश्यक सामाग्री उपलव्ध गराएकोमा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले राजदुत होङलाई धन्यवाद ज्ञापन गरेका थिए।

‘नेपाल र चीनवीच रहिआएको मित्रवत र न्यानो सम्वन्ध विस्तारमा थप योगदान मिलेको छ,’ प्रमुख आयुक्त यादवले भने ‘निर्वाचनको जिम्मेवारी पूरा गर्न आयोगले कार्ययोजना अनुरुप जिम्मेवारीपूर्वक काम गर्नेछ।’ कार्यक्रममा चीनकी राजदुत होङले स्थानीय तह निर्वाचनमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै निर्वाचन सफलताको लागि शुभकामना दिएकी थिइन्।

उनले चीनले नेपालको पर्यटन, व्यापार, भौतिक पूर्वाधार र उर्जा जस्ता क्षेत्रमा सहयोग गरेको र आगामी दिनमा यसलाई थप वृद्धि गर्दै लगिने बताइन्। निर्वाचनका लागि आयोगले चीन, भारत, जापान लगायतका देशहरुसँग विभिन्न सामाग्रीहरु सहयोग मागेको छ। भारतले यसअघिका निर्वाचनमा दिँदै आएको गाडी, मसी, कागज लगायतका सामाग्री उपलब्ध गराउनेबारे जवाफ नदिएपछि आयोग आफैँले मसी किन्न खरिद प्रक्रिया अघि बढाएको छ।

अायोगले स्थानीय तह निर्वाचनका लागि भारतसँग विभिन्न सामाग्री मागेपनि लामो समयसम्म भारतले ती सामान दिने/नदिनेबारे मौन रहेपछि दुई हप्ता अघि आयोग आफैँले खरिद प्रक्रिया अघि बढाएको हो।

प्रकाशित: ४ वैशाख २०७४ १२:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App