१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

टुहुरा ५ बालबालिकाले पाए सहयोग

टुहुरा बालबालिकाहरूलार्इ सहयोग रकम हस्तान्तरण गर्दै निमित्त प्रमुख जिल्ला अधिकारी जनकराज शर्मा । तस्विर : जनक केसी

जाजरकोट – बुबा र आमा दुवैको मृत्यु पछि बिचल्लीमा परेका जाजरकोटका ५ टुहुरा बालबालिकाहरूलाई अष्ट्रेलियामा बस्ने  दुई नेपालीले सहयोग गरेका छन् । गत चैत्र ३१ गते नागरिकन्युजमा प्रकाशित मागेर टुहरा भाइहरू पाल्दै सुरिता भन्ने समाचार पढेर अष्ट्रेलियामा बस्ने दुई नेपालीले उनीहरूलाई सहयोग गरेका हुन् । 

गरिवीका कारण  गत वर्षको भदौ ९ गते  आमा अमला परियार र  कार्तिक १२ गते बुबा जितबहादुर परियारले आत्महत्या गरेपछि बिचल्लीमा परेका कुसे गाउँपालिका ५ जहरगाउँकी सुरिता परियार, उनका ४ भाइहरू रामचन्द्र परियार, गोविन्द्र परियार, सुरेन्द्र परियार, दशरथ परियारलाई अष्ट्रेलियाको सिड्नीमा बस्ने चितवनका सुरेन्द्र सापकोटा र  राजमन थकालीले नागररिककर्मी जनक केसी मार्फत नगद २० हजार सहयोग गरेका छन् ।

साथै उनीहरूले सुरिता र उनका सबै टुहुरा भाइहरूको पढाइ र खाना बस्नको लागि नियमित रुपमा मासिक १० हजार दिने भएका छन् । सुरिता र उनका सबै भाइहरूको खाना बस्न र पढाइ खर्च कति लाग्छ हामी व्यहोछौं, सापकोटाले भने, ‘हामीले गरेको सहयोगले पीडित बालबालिकाले पढ्न पाउन्, खान पाउन, हामी सहयोग गर्छौं ।’ 

नागरिककर्मी केसीको सहजीकरणमा थकाली र सापकोटाबाट प्राप्त २० हजार निमित्त प्रमुख जिल्ला अधिकारी तथा जिल्ला बालकल्याण समितिका अध्यक्ष जनकराज शर्माले सोमबार पीडित बालबालिकाहरूलाई हस्तान्तरण गरेका छन् । 

 

प्रकाशित: ४ वैशाख २०७४ १०:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App