१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

फेरि ‘बासुदेव'बनाउने धोको

काठमाडौं- ३२ वर्षअघि ‘बासुदेव'को निर्माण तथानिर्देशन गरेकानीर शाहले आफू फेरि ‘बासुदेव'बनाउनतयार रहेको बताएका छन्। आइतबार उनले फिल्म समीक्षक समाजले आयोजना गरेको ‘सन्डे सिनेमा'माफिल्मप्रदर्शनीपछिको छलफलमा सहभागीहुँदै यस्तो इच्छा जाहेर गरेकाहुन्। उनले फिल्मको पटकथाको काम सकिइसकेको तर निर्माताअन्तिम समयमाबेपत्ताभएकाले सोहीफिल्मको रिमेक बनाउने काम रोकिएको बताए।

‘अहिलेको प्रविधिमा यो कथा फेरि भन्ने मन थियो तर निर्माता भेटेको छैन। मौकापाएँभने फेरि बनाउँछु,' शाहले कार्यक्रममाभने।

फिल्म समीक्षक समाजले आइतबारबाट भूकम्पपछि रोकिएको फिल्म देखाउने श्रृंखलालाई निरन्तरतादिने क्रममा २०४१ सालमाप्रदर्शनमाआएको फिल्म ‘बासुदेव' देखाएको थियो। फिल्मप्रदर्शनमाफिल्मका लेखक धु्रवचन्द्र गौतम र शीर्ष भूमिकामाअभिनय गरेकाकलाकार हरिहर शर्माको पनि सहभागिता रहेको थियो। ‘बासुदेव' २०३७ सालमाप्रकाशित डा. ध्रुवचन्द्रगौतमद्वारा लिखित ‘कट्टेल सरको चोटपटक' माआधारित फिल्महो।

समीक्षक समाजकाअध्यक्ष यज्ञसले सहजीकरण गरेको छलफलमा कलाकार शर्माले देशमाआजपनिथुप्रै बासुदेवहरु सिद्धान्तकै कारण मरिरहेको उल्लेख गरे।

‘३२ वर्षपछि पहिलोपल्ट पुरै फिल्म हेरें। फिल्ममात्रहोइन,फिल्मले देखाउनखोजेको कुरा आजपनिउत्तिकै सान्दर्भिक देखें। आजपनि नैतिकवान र लप्पनछप्पन नगर्ने भोकभोकै मरिरहेका छन्् तर भ्रष्ट र दुई नम्बरी मालामाल छन्,' शर्माले भने।

नेपालमा साहित्यमाथिबनेकाफिल्मले कृतिको न्यायनगर्ने गुनासो सदाकाल रहने गरेको छ। सबैजसो स्रष्टाले फिल्मकर्मीले आफ्ना कृतिको मर्मलाई आत्मसातनगरेको गुनासो गर्ने गरेका छन्। तर, लेखक धु्रुवचन्द्र गौतमले भने बासुदेवको निर्माणमा आफूलाई कुनै गुनासो नरहेकोबताए। उनले पुस्तक र फिल्मभिन्न–भिन्नमाध्यमभएकाले दुवैकाआ–आफ्नै शैलीहुने टिप्पणी गरे।

‘माध्यम फरक भएपछि परिवर्तन त हुन्छ नै। बासुदेवको सबालमा म आफैं पटकथाकार पनिभएकाले जे भयो मेरो स्वीकृतिमा नै भयो। मेरा लागिबासुदेवउत्कृष्ट फिल्महो,' गौतमले भने। उनले पुस्तक र फिल्ममध्ये फिल्मज्यादाप्रभावकारी हुने धारणा राख्दै बासुदेवको निर्माणले आफूलाई र पुस्तकलाई पनिफाइदाभएको बताए।

छलफलमा फिल्मनिर्माणका थुप्रै अनुभव सुनाउँदै निर्देशकशाहले फिल्मनिर्माणका क्रममा छोरा गुमाएको पनिअनुभव सुनाए। शाहले मुम्बईमामहाकविलक्ष्मीप्रसाद देवकोटाको कविता ‘कुनमन्दिरमा जान्छौ यात्री'  रेकर्ड गरिरहँदा सोहीदिनआफ्नो छोराको मृत्यु भएको स्मरण गरे।

‘त्यहीकारण पनिबासुदेव मेरा सबै फिल्मभन्दानजिक छ। फिल्मको व्यावासायिकताकालागि मैंले केही सम्झौता गरेको थिएँजुनआज सम्झँदानगरेको भएहुन्थ्यो जस्तो लाग्छ,' शाहले भने। उनले उतिबेलाबनिरहेकाफिल्मभारतीय लेखक देवु सेनले लेख्दै आएकोमाबासुदेवले त्यो शृंखलातोडेको पनिदाबी गरे।

‘नेपालीसिनेमाको सबैभन्दा ठूलो परिवर्तन यहीबाट सुरु भए जस्तो लाग्छ , शाहले भने ‘बासुदेव नै पहिलो फिल्मथियो जसले नेपालीले पनिआफैं फिल्म लेख्न सक्छन् है भन्ने मान्यता स्थापितगरिदिएको थियो।'

प्रकाशित: ४ वैशाख २०७४ ०३:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App