१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दलको बैठकमा प्रधानसेनापति अतिथि

काठमाडौं- अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टीको आइतबार काठमाडांैमा सुरु भएको महासमिति बैठकमा प्रधानसेनापति राजेन्द्र क्षेत्री अतिथिका रूपमा सहभागी भएका छन्। 

सेनापति क्षेत्री भने नेताहरूसँगै मञ्चमा भने बसेनन्। उनी हलको दर्शकदीर्घामा बसे। मञ्चमा भने विभिन्न पाटीका शीर्ष नेताहरू बसेका थिए।

सेनापति महासमिति बैठकमा अतिथिका रूपमा आउँदा कार्यक्रमस्थल राष्ट्रियसभा गृहको हलमा बसेका सबैको ध्यान उनीतिर गयो। जब उद्घोषकले सेनापति क्षेत्रीको  नाम अतिथिका रूपमा लिए, हलमा बसेका सबैले फेरि एकपटक उनीतिर हेरे।

सेनापति क्षेत्री भने नेताहरूसँगै मञ्चमा भने बसेनन्। उनी हलको दर्शकदीर्घामा बसे। मञ्चमा भने विभिन्न पाटीका शीर्ष नेताहरू बसेका थिए। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, तमलोपाका उपाध्यक्ष हृदयेश त्रिपाठी, नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठ, माओवादी केन्द्रका नेता तथा कानुनमन्त्री अजयशंकर नायकलगायत अतिथि थिए।

उक्त पार्टीले आइतबार महासमिति बैठक उद्घाटन, २८ आंै पार्टी स्थापना दिवस तथा गजेन्द्रनारायण सिंह स्मृति दिवस आयोजना गरेको थियो। कार्यक्रममा  पार्टी अध्यक्ष झाले नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीका प्रमुखलाई अतिथिका रूपमा बोलाएका थिए। कार्यक्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुख भने उपस्थित थिएनन्। सेनापति कार्यक्रममा आउँदा पार्टीका नेताहरू  खुसी भएका छन। ‘हामीले उहाँ (सेनापति) लाई अतिथिका रूपमा बोलाएका थियौं, उहाँ आउनुभयो, राम्रो भयो,' झाले भने, ‘मधेसी पार्टीले गरेको कार्यक्रममा सेनापति आउनुलाई हामीले सकारात्मक रूपमा लियांै। सबै कुरा नकरात्मक लिने संस्कृति बन्द गरांै।'

अध्यक्ष झाले सेनापति क्षेत्रीले आफ्नो निमन्त्रणा स्वीकारेर आएको बताए। ‘उहाँ कार्यक्रममा आउँछु भनेर आउनुभएको हो, झुक्किनुभएको होइन', उनले भने, ‘हाम्रो निम्तोलाई उहाँले स्वीकार गर्नुभएको हो।'

उद्घाटन कार्यक्रममा सेनापति क्षेत्री करिब २० मिनेट बसे। दौरासुरुवाल र कोट लगाएका क्षेत्रीले कार्यक्रममा अतिथिका रूपमा  भाषण पनि गरेनन्।

प्रकाशित: ४ वैशाख २०७४ ०१:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App