१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउनुपर्छ: वरिष्ठ नेता पौडेल

डुम्रे (तनहुँ)- नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउने वातावरण बनाउनुपर्ने बताएका छन्।

दुरा समाज नेपालको २४औँ वार्षिकोत्सवको आज दमौलीमा उद्घाटन गर्दै नेता पौडेलले मधेसवादी दलहरुसँग अन्तिम समयसम्म छलफल जारी राख्नुपर्नेमा जोड दिए।

“स्थानीय तहको निर्वाचन सम्पन्न भए प्रजातान्त्रिक समाजवाद मजबुत हुन्छ, संविधान कार्यान्वयनमा समेत बल पुग्छ,” उनले भने। स्थानीय तहको निर्वाचनले अल्पसङ्ख्यकलगायत सबै जातजातिको हकअधिकार सुनिश्चित गर्ने पौडेलको भनाइ थियो।

दुरा समाजका राष्ट्रिय अध्यक्ष गोकुलप्रसाद दुराको सभापतित्वमा भएको सो कार्यक्रममा पूर्वमन्त्री शिवलाल थापा, सांसद यज्ञबहादुर थापा, पूर्वसांसद सावित्री दुरा, समाजका केन्द्रीय सचिव दलबहादुर दुरालगायतले आ–आफ्नो धारणा राखेका थिए। रासस

 

प्रकाशित: २ वैशाख २०७४ १४:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App