१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मधेसी मोर्चालाई चुनाव बहिस्कार नगर्न उपप्रधानमन्त्री थापाको आग्रह

बर्दिया- उपप्रधानमन्त्री कमल थापाले स्थानीय तहको चुनावमा मधेसी मोर्चालाई सहभागी हुन आग्रह गरेका छन्।

गुलरियामा आयोजित भेरि अन्चल स्तरिय  आमसभालाई शनिवार सम्बोधन गर्दे उपप्रधानमन्त्री थापाले स्थानीय तहको सत्ता, आकार परिवर्तन मात्रै नभई नयाँ संरचनानुसार केन्द्र प्रदेश र स्थानीय तह गरि तीन तहमा व्यबस्था गरेको स्पष्ट पारे।

‘नगरपालिका र गाबिस नाम मात्र फेरेर नगरपालिका र गाउँपालिका मात्र बनाएको छैन’उनले भने, ‘सरकारले अधिकार सम्पन्न केन्द्र,प्रदेश र स्थानीय तीन तहको व्यबस्था गरेको छ।’

चुनाव बहिस्कार गर्दा जनता अधिकारवाट बन्चित बताउँदै उनले सवैलाई स्थानीय चुनावमा  सहभागीता जनाउन आग्रह गरे।

अहिले सहमति हुन सक्ने विषयमा सहमति गर्न र अन्य विषयमा भविष्यमा सहमति हुने गरी मध्यमार्गी बाटो अपनाएर चुनावमा सहभागी हुन मोर्चालाई आह्वान गरे।

लामो समयको अन्तरालपछि प्रजातान्त्रिक अभ्यासमा शुरु हुन थालेको चुनावमा मोर्चाले दखल बाजी नगर्न उनले पटक पटक आग्रह गरे । संसदमा पेश भएको विधेयक प्रस्तावलाई आपसी छलफल गरेपछि समस्या समाधान गर्न सकिने उनको भनाई छ।

स्थानीय सरकारको वास्तविक अवधारणानुरुप निर्वाचन हुन गइरहेकाले दलहरु पनि चुनावतर्फ अग्रसर भइरहेको अवस्थामा मधेसी मोर्चालाई अलग हुन नहुने उनले तर्क गरे।

वैशाख ३१ गते हुने चुनाव सम्पन्न गर्न सरकारले पनि तयारी तीव्र रुपमा गरेको उल्लेख गर्दै चुनाव निधरित समयमै हुने उनले ठोकुवा गरे।

‘मधेसी मोर्चालाई सहमतिमा ल्याउन सबै दल लचिलो छन्’आमसभालाई सम्बोधन गर्ने क्रममा उनले भने,‘मोर्चाको माग आपसी छलफल बाटै समाधान गर्न सकिन्छ।’ मुलुकमा विद्यमान राजनीतिक संकटलाई हल गर्न र प्रजातन्त्रलाई सुदृढ पार्न मधेसवादी दलहरूलाई स्थानीय चुनावमा सहभागी गराउन वर्तमान सरकार गृहकार्यमा जुटेको छ’उनले भने ‘निर्वाचनमा सबैको सहभागिताको निमित्त सरकारले हरसम्भव प्रयास गर्नेछ।’ उनले चुनाव प्रजातान्त्रिक अभ्यास भएकाले यसमा सिंगो मुलुक जुट्नुपर्ने र निर्धक्कसँग स्थानीय तह चुनावको तयारीका लागी  सबै राजनीतिक दल र नागरिक समाजसँग आग्रह गरे । कार्यक्रमा केन्द्रिय सदस्य फत्तेसिंह थारु,धवल शम्सेर जबरा,कुन्ति शाही,प्रेम भन्डारी र कमल वली लगायतले आमसभालाई सम्बोधन गरेका थिए ।   आम सभालाई सम्बोधन गर्दे वक्ताहरुले लामो समयदेखि हुन नसकेको स्थानीय चुनावलाई सफल पार्नुपर्नेमा जोड दिए।

 

प्रकाशित: २ वैशाख २०७४ १३:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App