१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

एनआरएन ओमानको सांस्कृतिक कार्यक्रम सम्पन्न

कार्यक्रममा सहभागी हुँदै उपाध्यक्ष पन्तसहितका व्यक्तित्व।

काठमाडौं—नेपाली नयाँ वर्ष २०७४ को उपलक्ष्यमा गैरआवासीय नेपाली संघ (एनआरएन) ओमानले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको छ। मस्कटस्थित वादिकविरको क्रिस्टल सुइट्समा आयोजना गरिएको कार्यक्रममा एनआरएन केन्द्रीय
उपाध्यक्ष कुमार पन्त प्रमुख अतिथिको रुपमा सहभागी भए।

 ‘कानुनी अप्ठ्यारा रहेका यी मुलुकमा आउने नेपालीबारे हाम्रो सरकार गम्भीर हुनुपर्छ। सरकार—सरकार तहमा श्रम सम्झौता गरेर यसलाई व्यवस्थित गरिन जरुरी छ।’

नयाँ वर्षको उपलक्ष्यमा नेपालीलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा गायक दीपक लिम्बु र नायिका रजनी केसीले विशेष प्रस्तुति दिएका थिए। दीपकले मुटु मार्यो तिमीले लगायत आफ्ना चर्चित गीतहरु सुनाए। ठमेल
बजार गीतको नृत्य प्रस्तुत हुँदा दर्शक निकै उत्साही बनेका थिए।

कार्यक्रमबाट उठेको रकम राहातकोषमा जम्मा हुने एनआरएन ओमानका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए। खाडी मुलुकमा अप्ठ्यारो परेका नेपालीहरुको उद्धारमा एनआरएनले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

उपाध्यक्ष पन्तले नेपालको अर्थतन्त्रमा खाडी मुलुकमा काम गर्ने नेपालीहरुको योगदान महत्वपूर्ण रहेको बताउँदै यस किसिमका सांस्कृतिक कार्यक्रमले नेपाली कला, संस्कृतिलाई प्रवासमा जीवित राख्ने बताए। खाडी देशमा नेपाली अलपत्र पर्ने, जोखिमपूर्ण काम गर्नुपर्ने एवं शोषण र उत्पीडनका घटना बारम्बार सार्वजनिक भएको भन्दै पन्तले नागरिकन्युजसँग भने, ‘कानुनी अप्ठ्यारा रहेका यी मुलुकमा आउने नेपालीबारे हाम्रो सरकार गम्भीर हुनुपर्छ। सरकार—सरकार तहमा श्रम सम्झौता गरेर यसलाई व्यवस्थित गरिन जरुरी छ।’

नेपालीले राम्रो सुविधा र अवसर पाउँदा अन्ततः त्यसले देशलाई फाइदा पुग्ने उनको भनाइ थियो।

प्रकाशित: २ वैशाख २०७४ ०२:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App