१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

निर्भयतापूर्वक चुनाव गर्ने वातावरण तयार गर्नुपर्छः राष्ट्रपति भण्डारी

इटहरी– राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी बैशाख ३१ गते हुन लागेको स्थानीय निकायको निर्वाचन निर्भयतापूर्वक सम्पनन गर्नका लागि वातावरण तयार गर्न आग्रह गरेकी छन्। उनले १८ वर्षपछि स्थानीय निकायको निर्वाचन हुनु खुसीको कुरा भएकोले मतदाताले मताधिकार प्रयोग गर्न पाउने अधिकार भएकाले गर्दा त्यसका लागि वातावरण तयार गर्न आग्रह गरिन्।

‘मुलुकमा संविधान जारी भएर संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको छ, अब संविधान कार्यान्वयनका लागि निर्वाचन हुनैपर्छ,’ राष्ट्रपति भण्डारीले शुक्रबार मोरङ सुन्दरहरैँचामा रहेको सुकुना बहुमुखी क्याम्पसका रजत जयन्ती समापनको अवसरमा भनिन्, ‘निर्यतापूर्वक चुनाव हुने वातावरण शैक्षिक संस्थाले खेल्नुपर्छ।’

उनले स्थानीय निकायको चुनाबले स्थानीय क्षेत्रको विकासका लागि केन्द्रीय सरकारको मुख ताकिरहनु नपर्ने अधिकार दिएकाले गर्दा पनि चुनावपछि हरेक ठाउँका बासिन्दाले परिवर्तन महसुस गर्ने आशा गरिन्। ‘स्थानीय निकायलाई यति धेरै अधिकार दिइएको छ, अब चुनाबपछि स्थानीय क्षेत्रको समग्र विकासले गति लिनेछ,’ उनले भनिन्। चुनाबले बढ्दो अराजकता अन्त्य हुर्दै शान्ति, स्थायीत्व र समृद्दिका दिसातर्फ मुलुक अघि बढ्ने बताइन्।

उनले शैक्षिक संस्थाको युवालाई सही ढंगले मार्ग निर्देशन र पथपर्दशन गरेर अघि बढाउनुपर्ने बताइन् । ‘शैक्षिक संस्थाले युवालाई सही ढंगले मार्ग निर्देशन र पथपर्दशन गर्न सकिएन भने त्यो राम्रो लक्षण होइन,’ भण्डारीले भनिन् ‘मुलुकको भविष्य युवा नै हुन् जसले गर्दा असल नागरिक उत्पादन गर्न शैक्षिक संस्था लाग्नुपर्छ।’ राष्ट्रपति भण्डारीले सरकारी झिनो मसिनो सहयोग लिएर पनि सामूदायिक कलेजको रुपमा पूर्वमै ख्याति कमाएको सुकुना क्याम्पसको सिको अरुले पनि गर्नुपर्ने बताइन्। बुधबारबाट सुरु भएको रजत महोत्सव शुक्रबार सकिएको छ।

 

प्रकाशित: १ वैशाख २०७४ ११:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App