१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एनसेलले ल्यायो ‘कल आयो बोनस पायो’ अफर

काठमाडौं– जिएसएम मोबाइल फोन सेवा प्रदायक कम्पनी एनसेलले अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेटभन्दा बढी कुरा गर्दा दुई मिनेट नै बोनस टक टाइम पाउने अफर ल्याएको छ।
 
आफ्ना प्रिपेड तथा पोस्टपेड ग्राहकका लागि बोनस टक टाइमका साथ ‘कल आयो बोनस पायो’ अफर ल्याएको एनसेले एक विज्ञप्ती मार्फत जनाएको छ।

नयाँ वर्ष २०७४ को अवसरमा बैशाख १ शुक्रबारदेखि यस्तो अफर ल्याइएको एनसेलले जनाएको छ।

कम्पनीका अनुसार उक्त अफरअन्र्तगत ग्राहकले विदेशबाट आफ्ना आफन्तजन, साथीभाई र प्रियजनहरुले गरेको कल उठाई दुई मिनेट वा सो भन्दा बढी कुरा गर्दा दुई मिनेटको बोनस टक टाइम पाउनेछन्।

अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गरेको दुई मिनेट पूरा भएपछि ग्राहकले स्वतः दुई मिनेटको बोनस टक टाइम  पाउने र फोनमा जति मिनेट कुरा भए पनि ग्राहकले बोनस टक टाइम एक पल्ट मात्र कुरा गरेको दुई मिनेट पूरा भए पश्चात पाउनेछ जनाएको छ। उक्त बोनस कलको अवधी ३ दिनको रहने र उक्त बोनसबाट ग्राहकले एनसेलको नेटवर्कभित्र कुरा गर्न सक्नेछन्।
 
एनसेलका सबै प्रिपेड तथा पोष्टपेड ग्राहकले १७१२६ मा डायल गरी प्राप्त निर्देशन अनुसार यो योजना निःशुल्क सुचारु गरी लाभ लिन सक्ने कम्पनीले जनाएको छ।

प्रकाशित: १ वैशाख २०७४ ०८:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App