कास्कीमा प्रमुख तीन दलबीच नै कडा प्रतिस्पर्धा

शुक्रबार, ०१ बैशाख २०७४, १३ : ४५ नागरिक

पोखरा – आसन्न स्थानीय तहको निर्वाचनमा कास्कीका तीन प्रमुख राजनीतिक दलबीच प्रतिस्पर्धा हुने देखिएको छ । 

निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरु आमसभा, कोणसभा, सञ्चार माध्यमबाट प्रचारप्रसार तथा घरदैलो जस्ता कार्यक्रम गरी मतदातालाई आफनो पक्षमा आकर्षित गर्न थालेपनि आजका दिनसम्म प्रमुख राजनीतिक दलहरुले उमेदवारको टुङ्गो लगाउन सकेका छैनन् । 

चार निर्वाचन क्षेत्र भएको कास्कीमा २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा काँग्रेस र एमालेले दुई÷ दुई सिट जितेका थिए भने २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रले तीन र एमालेले एक सिट जितेको थिए । 

त्यस्तै २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेले साविकको पोखरा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख, जिल्ला विकास समितिको सभापति, उप–सभापतिलगायत बहुमत गाविसका अध्यक्ष,उपाध्यक्ष तथा वडाध्यक्ष र वडासदस्य जितेको थियो । २०४९ सालको स्थानीय निकाय निर्वाचनमा नेपाली काँग्रेसले त्यसरी नै बहुमत हासिल गरेको थियो । 

सबै दल योग्य उम्मेदवार छान्नमै व्यस्त भएको देखिन्छ । नेकपा एमालेले चार गाउँपालिकामा उम्मेदवार छान्न एक÷एकजना संयोजक तोकेको छ । संयोजकले दिएको सिफारिसका आधारमा उम्मेदवारको टुङ्गो लगाइने प्रचारप्रसार विभागका संयोजक तेजनारायण अधिकारीले जानकारी दिए । 

नेपाली काँग्रेसले पनि वैशाख २ वा ३ गतेभित्र उम्मेदवारको टुङ्गो लगाउने पार्टीका जिल्ला अध्यक्ष कृष्ण केसी बताउँछन्। पार्टी आमसभा र कोणसभामा लागेको र यी कार्यक्रम सकेपछि उम्मेदवार टुङ्गो लगाउनेतिर पार्टी लाग्ने उनको विचार छ । 

यतिबेला केहीले पोखरा–लेखनाथ महानगरपालिकाको प्रमुखको उम्मेदवार बन्ने भन्दै पत्रकार सम्मेलन गरेको पाइन्छ । नेपाल ट्रेडयुनियन काँग्रेसका वरिष्ठ उपाध्यक्ष रामजी कुँवर, युवा नेता नन्दप्रसाद तिवारी, ऋृषि काफ्ले, एमालेका राजीव पहारी, कृष्ण थापाले प्रमुख पदमा दाबी गरेका छन् । 

त्यस्तै उपप्रमुखमा महिलातर्फ एमालेका प्रभा कोइराला, देवका पहारी, मीना गुरुङ, काँग्रेसबाट कोपिला रानाभाट, सरस्वती गुरुङ, माओवादीबाट गोमा ढकाल, निर्मला न्यौपाने र कञ्चन खनालको चर्चा चलेको छ । रासस 








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad