१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

बलले लर्ड्समा डेब्यु गर्ने

लन्डन- इङ्ल्यान्डका ज्याक बलले पाकिस्तानविरुद्ध बिहीबार लडर््समा सुरु हुने पहिलो टेस्टमा 'डेब्यु' गर्ने पक्का भएको छ। इङ्ल्यान्डका कप्तान एलेस्टर कुकले टेस्ट सुरु हुने अघिल्लो दिन बलले खेल्ने पुष्टि गरेका हुन्। इङ्ल्यान्डले पछिल्लोपटक २–० ले टेस्ट शृंखला जित्दा बल पनि टोलीमा समावेश थिए। तर उनले 'डेब्यु' को अवसर पाएनन्।

इङ्ल्यान्डका सर्वाधिक विकेट लिने खेलाडी जेम्स एन्डरसनले काँधको चोटका कारण चार टेस्ट शृंखलाको पहिलो खेल गुमाउने भएपछि उनको ठाउँमा बल समावेश गरिएको हो। 'ज्याकले डेब्यु गर्नेछन्,' कुकले बुधबार पत्रकारसँग भने, 'दुर्भाग्य, जेम्सले खेल्न सक्दैनन् तर यो बलका लागि उत्कृष्ट मौका हो।'

सन् २०१५ को सिजनमा नटिङ्घमसायरबाट सबैखाले क्रिकेटमा गरी ६७ विकेट लिएपछि बल इङ्ल्यान्ड टोलीको सदस्यलाई दाबेदार भएका थिए।

'उनको प्रदर्शन कस्तो हुनेछ म त्यसको पखाईमा छु। नटिङ्घमबाट उनले उच्च प्रदर्शन गरेका छन्। उनी राम्रो बलर बन्ने सम्भावना भएका खेलाडी हुन्,' इङ्ल्यान्ड टेस्ट टोलीका ओपनिङ ब्याट्सम्यान कुकले भने, 'उनले सही गतिसाथ सही ठाउँमा बल खेल्ने छन्।' कुकका अनुसार बलले स्टुवार्ट बोर्डको जोडीका रूपमा इङ्ल्यान्डको बलिङ आक्रमण सम्हाल्नेछन्।

प्रकाशित: ३० असार २०७३ ०३:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App