आठ क्यासिनोले रु एक अर्ब ३२ करोड बढी रोयल्टी तिर्न बाँकी

शुक्रबार, ०१ बैशाख २०७४, १० : ०२ नागरिक

काठमाडौं- नेपालमा रहेका आठ क्यासिनोले एक अर्ब ३२ करोड ८० लाख ९४ हजार रोयल्टी सरकारलाई नतिरेको तथ्यांकले देखाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार नेपाल रिक्रियसन सेन्टर प्रालिबाट ५३ करोड ५० लाख ३३ हजार, दी फुलबारी लिमिटेड पोखराले २४ करोड ६६ लाख ६४ हजार, होटल याक एन्ड यतिले ११ करोड ८७ लाख ५० हजार, अन्नपुर्ण इन्टरनेसनलले ११ करोड ६९ लाख १५ हजार र होटल एभरेस्ट लिमिटेडले १० करोड ३५ लाख ६२ हजार रुपैयाँ रोयल्टी तिर्न बाँकी छ।

यसैगरी होटल मल्लले सात करोड ६५ लाख, ह्याप्पी आवर प्रालिले ६ करोड ९३ लाख, होटल सोल्टीले ६ करोड १३ लाख रोयल्टी तिर्न बाँकी छ।

पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले रोयल्टी नबुझाएपछि बन्द गराइएका चार क्यासिनोलाई सर्वोच्च अदालतको आदेशमा पुनः सञ्चालनमा आएको जानकारी दिए।

रोयल्टी बुझाउन बाँकी सबै क्यासिनोलाई ३५ दिनको म्याद दिई रोयल्टी नबुझाएमा क्यासिनो सञ्चालन बन्द गरिने भनी मन्त्रालयबाट गत चैत २४ गते पत्र बुझाइएको बताए।

रकम नबुझाएका ती क्यासिनोबाट रकम उठाउन कुमारी चोक तथा तहसिल कार्यालयमा लगत कसी असुलउपर गर्न पठाइएको उनले जानकारी दिए।

कुमारी चोक तथा तहसिल कार्यालयमार्फत क्यासिनोको चल, अचल सम्पत्ति रोक्का गरी असुलउपर गर्नेतर्फ आवश्यक कारवाही अगाडि बढाउन आवश्यक उनले रहेको बताए।

गृह मन्त्रालय र अर्थ मन्त्रालयको सहयोग लिएर ती क्यासिनोलाई कारबाही गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

यसैबीच संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बिहीब्ाारको बैठकले क्यासिनो नियमावली, २०७० बाट क्यासिनोहरूको नियमन र व्यवस्थापन गर्न सम्भव नदेखिएकाले क्यासिनो ऐन तुरुन्त तर्जुमा गरी अगाडि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ।

अदालतको अन्तरिम आदेशबाट सञ्चालनमा आएका तर हालसम्म क्यासिनो नियमावली, २०७० वमोजिम नियमनको दायरामा नआएका क्यासिनोहरूलाई उपयुक्त समयावधि किटान गरी उपरोक्त कम्पनीहरूले तिर्नुपर्ने रोयल्टीलगायत सम्पूर्ण वक्यौता असुलउपर गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ।

 बैठकमा सांसदहरूले समयमै सरकारी अधिकारीहरूले तदारुकता नदेखाएका कारण ठूलो परिणाममा रोयल्टी बक्यौता भएको बताएका थिए। रासस







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले तनहुँको दमौलीमा आफ्नो ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ)...

अब सुजुकीको ‘एस–प्रेसो’ नेपालमा (भिडियो )

अब सुजुकीको ‘एस–प्रेसो’ नेपालमा (भिडियो )

नेपालका लागि सुजुकी ‘फोर–ह्विलर’ तथा सिजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा बहुप्रतिक्षित मिनी एसयुभी ‘एस–प्रेसो’, ‘माई फस्र्ट एसयुभी’...

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

टिकटकको डाउनलोड संख्या १ अर्ब ५० करोड पुगेको छ! ...

“शिवम् कृति समारोह २०७६” सम्पन्न

“शिवम् कृति समारोह २०७६” सम्पन्न

शिवम् सिमेन्टस लि.ले “शिवम् कृति समारोह २०७६” भव्यरुपमा सम्पन्न गरेको छ । ...

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्सियल (विज्ञापन) को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ । ...

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका साथमा रेनोटू एफ नेपालमा सार्वजनिक भएसंगै उपभोक्तामा यो ओएसको क्षमता र यसबाट कसरी सर्वाधिक फाइदा लिन सकिन्छ भन्ने...

घोराही सिमेन्ट उद्योग सम्मानित

घोराही सिमेन्ट उद्योग सम्मानित

नेपालभरका विभिन्न उद्योगमध्ये सबैभन्दा धेरै मूल्य अभिबृद्धिकर बुझाएबापत घोराही सिमेन्ट उद्योग लगातार दोस्रोपल्ट सम्मानित भएको छ । ...

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

Ncell Footer Ad