१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

अमेरिकाको तामाङ सम्मेलन न्युयोर्कमा हुँदै

तामाङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष शान्तबाबु थोकर

काठमाडौं– अमेरिकाको तामाङ सम्मेलन न्युयोर्क हुने भएको छ। सन् २०१७ को सेप्टेम्बर २, ३ र ४ मा उक्त सम्मेलन हुन लागेको हो।

तामाङ सोसाइटी अफ अमेरिका (टिएसए)का अध्यक्ष शान्तबाबु थोकरको अध्यक्षतामा गत जनवरी २७ मा भएको भेलामा सो सम्मेलनको तयारी बैठक बसेको थियो । तयारी बैठकमा क्यानडालगायत अमेरिका भरीका तामाङ संघ—संस्थाको प्रतिनिधि एंव विभिन्न  व्यक्तित्वहरुको उपस्थिती थियो।

भेलाले टीएसएका अध्यक्ष शान्तबाबु थोकरको संयोजकत्वमा २५ सदस्य तदर्थ समिति गठन गरी आगामी मे २१, २२  मा सम्पन्न गर्ने निर्णय गरेको थियो। तर, पर्याप्त समय नभएको कारण गत अप्रिल ९  मा पुनः संयोजक शान्ताबाबु थोकरको अध्यक्षतामा बसेको कन्फ्रेन्स बैठकले आगामी सेप्टेम्बरमा  अमेरिकाको न्युयोर्क सांस्कृतिक कार्यक्रम (डम्फु साँझ) सहितको प्रथम उत्तर अमेरिका तमाङ सम्मेलन गर्न लागेको टिएसएले जनाएको छ। भेला सम्पन्न गर्नका लागि विभिन्न उप समितीहरु गठन गरिएको टिएसएका अध्यक्ष थोकरले जानकारी दिए। सम्मेलनमा नेपाललगायत अन्य देशका तामाङ संघ संस्थाका प्रतिनिधि एवं व्यक्तित्वहरुको सहभागी हुने बताइएको छ।  

तीन दिनेसम्म हुने सम्मेलनमा  उत्तर अमेरिका तामाङ संस्थाको बिषयमा र तमाङ भाषा धर्म र संस्कृतिको बिषयमा सम्बन्धित क्षेत्रका विज्ञहरुबीच छलफल गरिने बताइएको छ।  दोस्रो दिन अधिबेशन सम्पन्न गरी उत्तर अमेरिकी तामाङ संस्थाको कार्यसमिति चयन गरिनेछ। सोही दिन बेलुकी साँस्कृतिक कार्यक्रम (डम्फु साँझ) आयोजना हुने टिएसएका अध्यक्ष एंव उत्तर अमेरिका तामाङ सम्मेलनका संयोजक थोकरले जानकारी दिए।

प्रकाशित: ३१ चैत्र २०७३ १४:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App