१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अग्नीपिडितलाई सञ्चार उद्यमी साहले गरे आर्थिक सहयोग

ब्रम्हपुर गाविसका सेढवा गाउँका अग्नीपिडित परिवारलाई राहत स्वरुप ११ हजारको बुधवार चेक हस्तान्तरण गर्दै राजदेवी एफएमका अध्यक्ष तथा समाजसेवी शम्भु साह कानु । तस्बिरः मदन ठाकुर

रौतहट– रौतहटका सञ्चार उद्यमी शम्भु साहले अग्निपीडितलाई आर्थिक सहयोग गरेका छन् । राजदेवी एफएमले विभिन्न दाताहरुबाट संकलन गरेको सहयोग राशि सञ्चार उद्यमी साहले ब्रहमपुरी गाविसको सेढवा टोलका अग्निपीडितलाई जनही एघार हजारको दरले तीनजनालाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।

सोमवार राति पुनदेव ठाकुरको घरबाट सल्केको आगोले छिमेकी रामनाथ ठाकुर र शिवशंकर महतोको घर जलेर खरानी हुँदा लाखौँको क्षति भएको थियो । तीनैजनाको बिल्लीबाँठ भएपछि राजदेवी एफएमले अग्निपीडितलाई सहयोगको लागि आह्वान गरेको थियो । विभिन्न दाताहरुबाट प्राप्त रकमलाई एफएमका अध्यक्ष साहले अग्निपीडितको घरमै पुगेर हस्तान्तरण गरेका छन् । साह राजदेवी एफएम सञ्चालन गर्ने साह गौरका समाजसेवी पनि हुन् । 

जनही एघार हजारको चेक हस्तान्तरण गर्दै सञ्चार उद्यमी साहले सात दिनसम्म पुग्ने चामल, दाल र तरकारी पनि प्रदान गरेका छन् । खुल्ला आकाशमुनि बस्न बाध्य अग्निपीडितलाई मानवीय दृष्टिले सहयोग गरेको साहले बताए । साहले दैवी प्रकोपमा परेकालाई सहयोग गर्न अरुलाई पनि आह्वान गरेका छन् ।
 सोही गाउँका दलित बस्तीका विन्देश्वर दास लामो समयदेखि विरामी रहेको तर आर्थिक अवस्था निकै दयनिय रहेकालाई समेत समुचित स्थानमा गएर स्वास्थ्य उपचार गराउनसमेत नगद आर्थिक सहयोग गाउँलेको रोहवरमा समाजसेवी साहले दिएको राजदेवी एफएमका स्टेशन म्यानेजर त्रिपुरारी गुप्ताले जानकारी दिए ।

 

 

प्रकाशित: ३० चैत्र २०७३ १४:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App