काभ्रेमा सवारी दुर्घटना, दुईको मृत्यु

बुधबार, ३० चैत २०७३, ११ : ३७ नागरिक


धुलिखेल – काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ११ को पिप्ले भन्ने स्थानमा बुधबार बिहान सडक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा ओखलढुङ्गा जिल्ला कार्केश्वरी गाविस–३ का ३५ वर्षीय मीनबहादुर पौडेल रहेका छन् भने अर्का एकजनाको सनाखत हुन बाँकी छ । 

इलाका प्रहरी कार्यालय मङ्गलटारका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठका अनुसार काठमाडौँबाट सिन्धुलीतर्फ गइरहेको बा४५प ६७५३ नंको मोटरसाइकल ना१ज ४६९५ नंको सुमोलाई ओभरटेक गरेर अघि बढ्दा दिक्तेलबाट काठमाडौँतर्फ आइरहेको बा४ख ६०३ नंको बससँग ठोक्किन पुगेको थियो । 

मोटरसाइकलमा सवार दुवैजनाको मृत्यु भएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । 

छजना घाइतेलाई धुलिखेल अस्पतालमा उपचारका लागि ल्याइँदैछ । रासस 







यसमा तपाईको मत

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad