१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

‘खाडी मुलुकमा कामदार नपठाउनुस्’

काठमाडौं – जर्मन संसदकी उपसभामुख क्लाउडिया रुथले मजदुरलाई अन्तर्राष्ट्रिय श्रम कानुनअनुसार व्यवहार नगर्ने खाडी राष्ट्रमा कामदार नपठाउन नेपाल सरकारलाई आग्रह गरेकी छिन् । खाडी राष्ट्रमा कार्यरत नेपाली कामदारको अवस्था दयनीय रहेको उल्लेख गर्दै उनले जर्मनी नेपाली कामदारको पक्षमा रहेको बताइन् । 

‘कतार, साउदी अरबमा नेपाली कामदारको अवस्था दयनीय छ,’ राजधानीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उपसभामुख रुथले भनिन्, ‘हामीलाई कामदारको दयनीय अवस्था स्वीकार्य छैन ।’ 

विदेशबाट रेमिटेन्स आएर मात्र नहुने जनाउँदै उनले सरकारले आफ्नो नागरिकप्रतिको उत्तरदायित्व पनि बहन गर्नुपर्ने बताइन् । कतारलगायत देशले अन्तर्राष्ट्रिय श्रम कानुन कार्यान्वयन नगरी काफिला प्रणालीअन्तर्गत कामदारमाथि व्यवहार गर्दै आएकोमा उनले असन्तुष्टी व्यक्त गरिन् ।
 
कतारले आप्रवासी कामदारमाथि अन्तर्राष्ट्रिय कानुनअनुसार व्यवहार गर्नुपर्ने उनले बताइन् । 

नेपाल भ्रमणका बेला राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख ओनसरी घर्तीलगायतसँगको भेटमा आपूmले वैदेशिक रोजगारमा गएका नेपाली कामदार र तीनको अवस्थाबारे कुराकानी गरेकी उनले बताइन् । उनले भनिन्, ‘नेपालले काफिला प्रणालीमा काम गर्न कामदर पठाउनु हुँदैन ।’ 

रुथले वैशाख ३१ गते हुने  स्थानीय निर्वाचनमा सबै राजनीतिक दललाई समेट्न आग्रह गरेकी छिन् । सबै दल सहभागी हुने वातावरण निर्माण गर्न सरकारलाई आग्रह गर्दै उनले स्थानीय निर्वाचन महŒवपूर्ण भएको बताइन् । 

उनले नेपालका सबै दललाई मिलेर अघि बढ्न पनि आग्रह गरिन् । नयाँ संविधानले नेपाली जनताबीच एकता र राजनीतिक स्थिरता कायम गर्ने विश्वास पनि उनले व्यक्त गरिन् । ‘संविधान एउटा प्रक्रिया हो । यसलाई जनतामा लैजानुपर्छ, छलफल चलाउनुपर्छ । जनताले कसरी लिएका छन् बुझ्नुपर्छ,’ उनले भनिन् । 

नेपाली जनताले धेरै चुनौतीको सामन गर्नुपरेको उल्लेख गर्दै उनले नेपालमा शान्ति र स्थिरता कायम गर्ने काम सरकार, दल, संसद्, सांसद सबैको भएको जनाइन् । नेपाली जनताबीचको एकता बिग्रन नहुनेतर्फ उनले सचेत गराइन् । 

द्वन्द्वपीडितलाई न्याय दिन बिर्सन नहुने पनि उनले जनाइन् । उनले भनिन्, ‘हामीले विगतलाई बिर्सनु हुँदैन । यो निकै महŒवपूर्ण हुन्छ । द्वन्द्वपीडितले न्याय पाउनुपर्छ ।’ 

रुथले जलवायु परिवर्तनका असर कम गर्ने अभियानमा नेपालले नेतृत्व गर्नुपर्ने पनि बताइन् । उनले काठमाडौंमा बढ्दो वायु प्रदूषणप्रति पनि चिन्ता व्यक्त गरिन् ।

प्रकाशित: ३० चैत्र २०७३ ०५:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App