१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

गोली लागेपछि यसरी ढले गुन्डा नाइके दावा (भिडियो)

दावा लामा

काठमाडौं—प्रहरीको गुन्डासूचिमा रहेका दावा लामाथि मंगलबार बिहान राजधानीको गौरीघाटमा गोली प्रहार भयो। जिम गर्न जानेक्रममा उनीमाथि एक युवकले गेटमै गोली हानेर ढाले।

महानगरीय प्रहरी प्ररिसर र महानगरीय प्रहरी अपराध महाशाखाले हालै बनाएको १ सय २२ जनाको गुन्डाको सूचीमा लामा बी ग्रेडमा परेका थिए।

खुट्टा र ढाडमा पछाडिबाट गोली लागेका उनी तत्कालै भुइँमा ढले भने गोली प्रहार गर्ने युवक बौद्धतर्फ दौडिए। महानगरीय प्रहरी परिसरका एसएसपी जोशीका अनुसार उनलाई चार राउन्ड गोली लागेको छ। 'गोली कसले हानेको हो हामी सीसीटिभी हेरेर छानबिन गर्दैछौं', उनले  भने।

महानगरीय प्रहरी प्ररिसर र महानगरीय प्रहरी अपराध महाशाखाले हालै बनाएको १ सय २२ जनाको गुन्डाको सूचीमा लामा बी ग्रेडमा परेका थिए। एक महिना अगाडि महानगरीय प्रहरी वृत्त दरवारमार्गले उनलाई पक्राउ गरेकोमा धरौटीमा छोडेका थिए।

कसरी हानियो गोली? भिडियो हेर्नुहोस्

प्रकाशित: २९ चैत्र २०७३ ०८:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App