१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

‘प्रधानमन्त्रीले आफुखुसी हेलिकप्टर प्रयोग गर्न पाउँदैनन्’

सिन्धुली– स्थानीय तहको निर्वाचन नजिकिएसँगै निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्ने भएको छ। निर्वाचन आचासंहितामा आफूखुसी प्रधानमन्त्रीले समेत हेलिकप्टर प्रयोग गर्न नपाउने गरी कडाई गरिएको निर्वाचन आयोगले जनाएको छ। आयोगका सचिव गोपीनाथ मैनालीका अनुसार प्रधानमन्त्री तथा मन्त्रीहरुले समेत हेलिकप्टर प्रयोग गरेर राजनीतिक कार्यक्रममा सरिक हुन आयोगले रोक लगाएको छ।

सरकारी सम्पत्ति दुरुपयोग गरेर राजनीतिक काममा सहभागी हुन पाइँदैन, निर्वाचन अधिकृतलाई निर्वाचन शिक्षा व्यवस्थापनसम्बन्धी तालिम दिन सिन्धुली आएका आयोगका सचिव मैनालीले पत्रकारहरुसँगको भेटघाटमा भने विभागीय काममा जाने हो भने पनि निर्वाचन आयोगलाई जानकारी गराउनुपर्छ। निर्वाचन आयोगको सहमती बिना कुनै पनि मन्त्रीले सरकारी सम्पत्तिको प्रयोग गर्न नपाउने उनले जनाए। स्वच्छ विश्वसनीय र निश्पक्ष निर्वाचन गराउनका लागि आचारसंहितामा कडाई गरिएको हो,’ उनले भने, ‘संविधान कार्यन्वयन गर्ने क्रममा भएको निर्वाचनमा केही त्रुटि भयो भने हामीलाई इतिहासले धिकार्छ।’  

निर्वाचनमा राजनीतिक दलका उम्मेदवारले समेत ठूलो भोजभतेर गर्न नपाउने र आचारसंहिताविपरीत जान नहुने भन्दै पैसा हुने र नहुने उम्मेदवार समान रहेको जनाए। मत किन्नसक्ने समेत अवस्था आउँछ यस्तो भयो भने निश्पक्षता नहुन सक्छ। त्यसैले, सबैले आचारसंहिता लागू गर्न सहयोग गरौं, उनले भने। सचिव मैनालीले निर्वाचनका लागि तयारी तीव्र गरिएको भन्दै वैशाख २७ भित्र सबै मतदान केन्द्र तथा जिल्लामा मतदाता परिचय पत्र पु¥याइने बताए। वैशाख २७ भित्र मतदाता परिचय पत्र सबै जिल्लामा पु¥याई २८ र २९ गतेभित्र मतदाताको हातहातमा परिचय पत्र पु¥याउने काम हुन्छ,’ उनले भने। निर्धारित समय अगावै मतपत्र छपाई सकिने भन्दै सचिव मैनालीले छिमेकी मुलुकले दिने सहयोग पनि आउने क्रम रहेको बताउँदै मतपेटिका चीनबाट केरुङ आइसकेको जनाए।  

दुई चरणमा गर्ने कल्पना गरेको छैन

संविधान संसोधन र संविधानका विभिन्न बुँदाप्रति असहमति जनाइरहेका तराईका ६ जिल्लामा पनि एकै चरणमा निर्वाचन गरिने निर्वाचन आयोगका सचिव मैनालीले बताए। दुई चरणमा निर्वाचन हुने मैले कल्पनानै गरेको छैन, उनले भने तराईका ६ जिल्लामा स्थानिय निकाय लागु गर्ने क्रममा केही विवाद भएको छ त्यो छिट्टै मिलाउन सरकारलाई आग्रह गरेका दिएका छौं । प्रधानमन्त्रीले निर्वाचनको मिति अगावै मिलाउने आश्वासन दिएको बताउँदै देशैभर एकै चरणमा निर्वाचन हुने बताए । निर्वाचन  आयोगले एकै चरणमा गर्ने प्राविधिक तयारी गरेको समेत उनले खुलाए ।

प्रकाशित: २८ चैत्र २०७३ ०९:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App