१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जीप दुर्घटनामा सशस्त्र हवल्दारको मृत्यु, दुईको उपचार हुँदै

काठमाडौं—दोलखामा सोमबार बिहान भएको सडक दुर्घटनामा गम्भीर घाइतेभएका मध्ये एक जनाको मृत्यु भएको छ। हेलिकोप्टरबाट उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर ल्याएका मध्ये सशस्त्र प्रहरीका सहायक हवल्दार मोहनबहादुर घिमिरेलाई चिकित्सकले मृत घोषित गरेका हुन्। उनले जीप चलाएका थिए।

'अस्पताल ल्याउनु अगाडि नै उनको मृत्यु भइसकेको थियो', ट्रमा सेन्टरको इमर्जेन्सी विभागका एक चिकित्सकले भने, 'अर्का एक जनाको जाँच गरिरहेका छौं।'

अस्पताल ल्याउनु अगाडि नै उनको मृत्यु भइसकेको थियो', ट्रमा सेन्टरको इमर्जेन्सी विभागका एक चिकित्सकले भने, 'अर्का एक जनाको जाँच गरिरहेका छौं।'

दुर्घटनामा गम्भीर घाइते भएका सशस्त्र प्रहरीका डिएसपी शम्भुजंग थापाको ट्रमा सेन्टरमै उपचार भइरहेको छ। ढाडको हड्डीमा चोट पुगेको र करङहरु भाँचिएको हुनसक्ने चिकित्सकले प्रारम्भिक अनुमान गरेका छन्। 'हामी चेक गरिरहेका छौं। अहिले नै यकिन भन्न सक्ने अवस्था छैन। सिटि स्क्यान र एक्स-रे रिपोर्टहरु हेरिसकेपछि मात्र विस्तृतमा के के भएको हो भन्न सकिन्छ', नाम उल्लेख नगर्ने सर्तमा एक चिकित्सकले भने।

दुर्घटनामा घाइते भएका डिएसपी थापाका बडिगार्ड शिवकुसवार माझीलाई उपचारका लागि सशस्त्र प्रहरी अस्पताल लगिएको छ। उनी खतरामुक्त छन्।

जिल्लाको शान्ति सुरक्षा समिति बैठकमा सहभागी हुन लामाबगरबाट सदरमुकाम चरिकोट आउने क्रममा डिएसपी थापा सवार बा ९ च ९३६० नम्बरको हाईलक्स जीप दोलखा–सिंगटी सडकखण्डको कालिञ्चोक गाउँपालिका-७, सुनखानीस्थित झमार्सीमा सडकको मोडबाट करिब २५० मिटर तल खसेको थियो। दुर्घटना लगत्तै घाइतेहरुलाई उपचारका लागि हेलिकोप्टरबाट उनीहरुलाई काठमाडौं ल्याइएको हो।

प्रकाशित: २८ चैत्र २०७३ ०८:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App