१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सशस्त्र प्रहरीको जीप २५० मिटर तल खस्यो, डिएसपीसहित ३ को अवस्था गम्भीर

दुर्घटनाग्रस्त जीप। तस्विर सौजन्यः लालकुमार पाठक

दोलखा—जिल्लाको शान्ति सुरक्षा समिति बैठकमा सहभागी हुन लामाबगरबाट सदरमुकाम चरिकोट आउदै गरेका सशस्त्र प्रहरीका डिएसपी सवार गाडी गम्भीर दुर्घटनामा परेको छ। दुर्घटनामा परी सशस्त्र प्रहरी तामाकोशी आयोजना सुरक्षा बेसका प्रमुख डिएसपी शम्भुजंग थापा, बडिगार्ड शिव कुसवार माझी तथा चालक मोहनबहादुर घिमिरे गम्भीर घाइते भएका छन्।

दुर्घटनामा परी सशस्त्र प्रहरी तामाकोशी आयोजना सुरक्षा बेसका प्रमुख डिएसपी शम्भुजंग थापा, बडिगार्ड शिव कुसवार माझी तथा चालक मोहनबहादुर घिमिरे गम्भीर घाइते भएका छन्।

उनीहरुलाई उपचारका लागि माथिल्लो तामाकोशी आयोजनाले हेलिकोप्टरबाट काठमाडौं पठाउने तयारी गरेको छ। थापा दोलखाको लामाबगरस्थित सशस्त्र प्रहरी बल माथिल्लो तामाकोशी आयोजना सुरक्षा बेसका प्रमुख हुन्।

उनी सवार बा ९ च ९३६० नम्बरको हाईलक्स जीप दोलखा–सिंगटी सडकखण्डको कालिञ्चोक गाउँपालिका-७, सुनखानीस्थित झमार्सीमा सडकको मोडबाट करिब २५० मिटर तल खसेको हो। जिल्ला प्रशासन कार्यालयका दोलखाका अनुसार उनी शान्ति सुरक्षा समितिको बैठकमा सहभागी हुन चरिकोट आउँदै थिए।

तस्विर सौजन्यः पदमराज पाठक

चालक घिमिरे अचेत छन्। डिएसपी थापाको टाउको, गर्दन लगायत शरिरका बिभिन्न भागमा चोट लागेको छ  उनको पनि होस खुल्न सकेको छैन्। उनीहरुलाई माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाले हेलिकप्टरमार्फत् राजधानी लैजाने तयारी गरिरहेको छ ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार दोलखा–सिगँटी सडकको सुनखानी स्थित झमार्सीको टर्निङमा जीप दुर्घटना भएको हो। एउटा टर्निङबाट करिब २ सय ५० मिटर तल खसेर जीप अर्को टर्निङमा पुगेको थियो। दुर्घटनामा परेको गाडी पूर्णरुपमा क्षतिग्रस्त छ।

प्रकाशित: २८ चैत्र २०७३ ०४:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App