१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

फुटसलमा रेग्मीको ह्याट्रिक

काठमाडौं- एमएफसी तेस्रो ब्याच र एमबिए नवौं ब्याच गर्ल्स टोलीले एसओएम टियु तेस्रो रनिङ शिल्ड फुटसल प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। तेस्रो ब्याचले एमबिएआइटी पहिलो ब्याचलाई २–० ले हरायो।

कीर्तिपुरस्थित एसएस कृष्ण नगर फुटसल मैदानमा तेस्रो ब्याचकी रिचु घिमिरे र शोभा रानाले समान १ गोल गरे। एमबिए नवौं ब्याचले एमबिए दशौं ब्याचलाई १–० ले हरायो। नवौंकी प्रतिभा सुवेदीले १ गोल गरिन्। गर्ल्सतर्फकै एमबिए जिएलएम तेस्रो र एमबिए जिएलएम चौथो ब्याचबीचको खेल गोलरहित बराबरीमा सकियो।

ब्वाइजतर्फको पहिलो खेलमा एमबिए आठौं ब्याच र एमबिए ११औं ब्याचले पनि विजयी सुरुआत गरेका छन। सुवज्ञ रेग्मीको ह्याटि्रकबाट प्रेरित आठौं ब्याचले एमएफसी पहिलो ब्याचलाई ४–१ ले हरायो। आठौं ब्याचका लागि रितेश परियारले १ गोल गरेका थिए। त्यस्तै पहिलो ब्याचका लागि उज्ज्वल खड्का क्षत्रीले सान्त्वना गोल फर्काए। एमबिए ११औं ब्याचले १०औं ब्याचलाई १–० ले पराजित गर्‍यो। ११औं ब्याचको जितमा सुवास काफ्लेले गोल गरे।

यसै गरी एमबिएआइटी पहिलो र एमएफसी दोस्रोबीचको खेल १–१ को बराबरीमा सकियो। आइटी पहिलो ब्याचका लागी अनुप राई र एमएफसीका लागि रोचन सिलवालले गोल गरेका थिए। एमएफसी तेस्रो र एमबिए नवौं ब्याचबीचको खेल पनि १–१ को बराबरीमा सकियो। तेस्रोका लागि सागर कार्की र नवौं ब्याचका लागि जीवन तिवारीले १ गोल गरे। चैत दुईसम्म चल्ने प्रतियोगिता त्रिभुवन विश्वविद्यालयको एमबिए जिएलएम तेस्रो ब्याचले आयोजना गरेको थियो। प्रतियोगिताको विजेता गर्ल्स ब्वाइज टोलीले समान १० हजार र ५ हजार पाउने आयोजक कमिटीकी सदस्य सोनी रेग्मीले बताइन्। रेग्मीका अनुसार प्रतियोगिताको उत्कृष्ट खेलाडी, गोलकिपर र सर्वाधिक गोलकर्ता पनि पुरस्कृत हुनेछन्। आइतबार त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका सहायक निर्देशक जितेन्द्र डंगोलले प्रतियोगिताको उद्घाटन गरेका थिए।

प्रकाशित: २८ चैत्र २०७३ ०४:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App