१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अपांगता बिधेयक छिटो पारित गर्न महासंघको आग्रह

काठमाडौं–संसदमा छलफलका लागि दर्ता भएको अपांगतासम्बन्धी बिधेयक समयमै पारित गर्न राष्ट्रिय अपांग महासंघ आग्रह गरेको छ। छलफलका लागि असार २०  मा संसदमा दर्ता भएको छ भने मंसिरमा नै बिधेयक पठाइएको थियो। बुधवार राजधानीमा पत्रकार सम्मलेन गरी यस्तो आग्रह गरेकाे हाे।

समयमै बिधेयक पारित नहुँदा अपांगता भएका व्यक्तिहरु मर्कामा परेकोले छिटो पारित गर्न आग्रह गरेको महासंघले जनाएको छ। यस अघि बनेको अपांगतासम्बन्धी कानुनले सवै प्रकारका अपांगतालाई संबोधन गर्न नसक्दा अधिकार बिहिन बनेको जनाइएको छ। ‘हिमोफोलिया, मनोसामाजिक, कुष्ठरोग, बौद्धिक अपांगता, अटिजम, श्रवण शक्तिविहिन, दृष्टिबिहिनलगायतका अपांगता भएकाहरुले दुःख पाएका छन्,’ महासंघका अध्यक्ष सुदर्शद सुवेदीले भने।

बिधेयककै अभावमा अपांगताहरुको सिकाई र संचारका लागि नभई नहुने सांकेतिक भाषा, ब्रेललिपी र अन्य उपयुक्त संचार प्रविधीको बिकास र विस्तार हुन नसकेको गुनासो महासंघले गरेको छ ।

 

प्रकाशित: २९ असार २०७३ १०:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App