१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

परराष्ट्रमा वार्षिक कार्ययोजना

काठमाडौं- निर्धारित समयमै काम सम्पन्न गर्न परराष्ट्र मन्त्रालयले वार्षिक कार्ययोजना लागू गरेको छ। परराष्ट्रमन्त्री प्रकाशशरण महतको निर्देशनमा तयार गरी लागू गरिएको आर्थिक वर्ष २०७३/७४ को  वार्षिक एकीकृत कार्यतालिका आधारमा मन्त्रालय मातहत कर्मचारी र निकायगत जिम्मेवारी तोकिएको छ।

'काम परिणाममुखी भएनभएको र निर्धारित लक्ष्यबमोजिम परिणाम हात लागेनलागेको बारे समयसीमाभित्रै जानकारी गराउनुपर्ने र त्यसको अनुगमन हुने व्यवस्था कार्यतालिकामा छ,' विज्ञप्तिमा उल्लेख छ।    

मातहत निकाय वा कर्मचारीले पनि यसै कार्यतालिका आधारमा आफ्नो जिम्मेवारीलाई परिणाममुखी काम गर्नुपर्ने परराष्ट्रमन्त्रीका जनसम्पर्क तथा प्रेस संयोजक एकराज पाठकद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ।

'काम परिणाममुखी भएनभएको र निर्धारित लक्ष्यबमोजिम परिणाम हात लागेनलागेको बारे समयसीमाभित्रै जानकारी गराउनुपर्ने र त्यसको अनुगमन हुने व्यवस्था कार्यतालिकामा छ,' विज्ञप्तिमा उल्लेख छ।     

परराष्ट्रमन्त्रीद्वारा स्वीकृत कार्ययोजना अनुसार मन्त्रालयअन्तर्गतका सबै महाशाखा, विभाग र नियोगलाई आआफ्नो विषय र क्षेत्रसँग सम्बन्धित कार्यको लक्ष्य र समयसीमा निर्धारण गरी निर्धारित समयमै कार्यसम्पन्न गर्न निर्देश्ान दिइएको छ।

आर्थिक वर्ष २०७३/७४ का लागि तयार सो कार्यतालिकामा वर्ष दिनमा  मन्त्रालय र मातहतका निकाय र नियोगहरुले गर्नुपर्ने कार्यको विवरण, लक्ष्य निर्धारण, अपेक्षित परिणामको विवरणका साथै चुनौतीसमेत पहिचान गरी काम गर्न भनिएको छ। कार्यतालिकामा मन्त्रालयले गर्ने दैनिक प्रशासनिक कामका अतिरिक्त आयोजना गर्नुपर्ने अन्तर्राष्ट्रिय सभा सम्मेलन, कूटनीतिक सम्बन्धको विकास एवं विस्तारका साथै उच्चस्तरीय विदेश भ्रमण, नेपालले स्थापित र विस्तारित गर्नुपर्ने बाह्य सम्बन्धलगायत विषयमा पनि समयसीमासहित लक्ष्य निर्धारण गरिएको छ।

समयमै पारदर्शी रुपमा काम सम्पन्न र अनुगमनको व्यवस्था गर्न वार्षिक कार्यतालिका बनाएर लागू गरिएको मन्त्री महतले बताए।

प्रकाशित: २८ चैत्र २०७३ ०१:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App